लक्ष्मीको कृपा पाउन ध्यान राख्नुस् यी ५ कुराको, अन्यथा गरिबी मै सकिन्छ जीवन !

आचार्य चाणक्यका नीतिहरू धेरै उपयोगी छन्, जसले ती नीतिलाई अपनाउँछ, उसको जीवनमा कुनै कमी हुँदैन। बरु यी नीतिहरू अवलम्बन गर्ने व्यक्तिले सधैं धेरै प्रगति, धन र सुख प्राप्त गर्छ। आचार्य चाणक्यको नीतिका आधारमा चन्द्रगुप्त मौर्य नन्द वंशका सम्राट बने र आफ्ना धेरै शत्रुहरूलाई परास्त गर्न सफल भए। चाणक्य नीतिमा पनि केहि यस्ता कुराहरु बताईएको छ, जसले सदैव लक्ष्मीको आशीर्वाद र धेरै सफलता मिल्छ।

माता लक्ष्मीको कृपा प्राप्त गर्न आवश्यक छ यी कुराहरु

आचार्य चाणक्य भन्छन् कि यदि तपाई सधैं देवी लक्ष्मीको आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ भने, खाना कहिल्यै मिल्काउनु हुँदैन। खानाको बर्बादीले माता अन्नपूर्ण क्रोधित हुन्छिन्, जो लक्ष्मीको रूप हुन्।

अरुलाई सहयोग गर्ने, आफ्नो धनको सदुपयोग गर्ने र मनमा अरुप्रति कृतज्ञताको भावना राख्ने मानिसहरुप्रति माता लक्ष्मी सधैं दयालु हुन्छिन्।

प्रेम रहेको घरहरुमा माता लक्ष्मीको कृपा वर्षा हुन्छ, जहाँ मानिसहरु एकअर्कालाई माया गरेर बस्छन्। त्यसैले पति पत्नीले एकअर्कालाई सधैं माया र सम्मान गर्नुपर्छ। कहिल्यै झगडा नगर्नुस् नत्र घरमा गरिबी आउन बेर लाग्दैन।

कमाएको पैसा उपयोगी हुन्छ र समयमै बढ्छ जब यो अनावश्यक रूपमा खर्च हुँदैन। त्यसैले सधैं आरामदायी जीवन बिताउन बजेट बनाएर पैसा खर्च गर्नुहोस् र अनावश्यक खर्च नगर्नुहोस्।

कडा परिश्रम गर्न पछि नहट्ने मानिसहरुप्रति माता लक्ष्मी सधैं दयालु हुन्छिन्। यी मानिसहरूलाई पैसाको कहिल्यै कमी हुँदैन।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१६:०८

भोलिबाट सुरु हुँदै होलाष्टक: यी ८ दिन भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, हुनेछ अत्यन्त अशुभ !