यी ५ समस्या भएकाहरुले भुलेर पनि नगर्नुहोस अदुवाको सेवन , जानिराखौं

अदुवालाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तथापी कुनै समयमा भने अदुवाको सेवन स्वास्थ्यका लागि खतराजनक साबित हुन् सक्छ। गर्वती महिला , दुब्लो पातलो मानिस , पित्त एवम पत्थरीका बिरामीहरुले सकेसम्म अदुवाको सेवन गर्नु हुदैन।  अन्यथा अदुवाको सेवन गर्दा स्वास्थ्यमा अत्यन्तै लाभ  हुने देखिन्छ। अदुवालाई चिया , सब्जीका साथै आयुर्वेदमा पनि औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ। यसको सेवनले पाचन प्रक्रिया बजबूत बनाउनुका साथै अन्य विभिन्न समस्याबाट छुटकारा दिलाउछ।

तर यस्तो अवस्थामा भने अदुवाको सेवन स्वास्थ्यका लागि खतराजनक साबित हुन सक्छन।  ति कुन कुन अवस्था हुन् त हेर्नुहोस

गर्भवती महिला 

अदुवामा पाचन प्रणाली मजबुत बनाउने महत्वपुर्ण तत्व रहेको हुन्छ। त्यसैले गर्भावस्थामा सकेसम्म अदुवाको सेवन नगर्दा नै लाभदायी हुनेछ। अदुवाको सेवनले समय नै नपुगी शिशुको जन्म हुने सम्भावना रहन्छ , साथै यसले शिशुको स्वास्थ्यमा समेत हानी पुर्याउछ।  डाक्टरको सल्लाह अनुसार गर्भ रहेको ६ महिना पछि सकेसम्म अदुवाको सेवन कम मात्रामा गर्नुपर्ने भनाइरहेको छ।

दुब्लो पातलो 

शारीरिक वजन कम भएकाहरुका लागि पनि अदुवाको सेवन हानिकारक रहेको छ। अदुवामा पाइने फाइबर तत्वले भोक कम लाग्ने हुनाले शारीरिक कमजोरीको महसुश हुन्छ। त्यसै कारणले गर्दा दुब्लो पातलो र वजन कम भएका व्यक्तिहरुले सकेसम्म अदुवाको सेवन कम मात्रामा गर्नु आवश्यक रहेको छ।

रगतसम्बन्धी समस्या 

अदुवाले शरीरमा रगतको संचार तिब्र रुपमा गर्दछ।  यसका साथै यसले मधुमेह , मोटोपन , मुटुसम्बन्धि समस्याबाट पनि बचाउने गर्छ। रगत सम्बन्धी समस्या जस्तै हीमोफीलिया, सेप्सिस, ब्लड इंफेक्शन आदि भएकाहरुले सकेसम्म अदुवाको सेवन नगर्दा नै उपयुक्त हुनेछ।

पित्तमा पत्थरी

पित्तको पत्थरी हुनेहरुका  लागि अदुवाको सेवन खतराजनक हुन सक्छ।  यसको सेवनले शरीरमा बाइल जूस अर्थात् (पाचन रस) को वृद्धि गर्दछ। पित्तमा पत्थरी बाइल जूस हुने सम्भावना बढी हुन्छ। यसै कारणले गर्दा पनि यस्तो अवस्थामा डाक्टरको उचित सल्लाह सुझाव बमोजिम अदुवाको प्रयोग गर्नु आवश्यक छ।

अप्रेशनको २ हप्ताको पहिले नगर्नुहोस अदुवाको सेवन 

कुनै रोगको अप्रेशन या सर्जरी भन्दा लगभग २ हप्ता पहिले देखि नै अदुवाको सेवन गर्न बन्द गर्नु पर्दछ। यो भन्नुको कारण केहो भने अदुवाको सेवनले रगत पातलो हुन्छ जुन सामान्य अवस्थाको लागि सहि यो तथापी कुनै रोगको अप्रेशन पुर्व भने अदुवाको सेवन भुलेर पनि गर्नु हुदैन।

 

 

प्रकाशित : बिहिबार, जेठ ०९, २०७६०८:४५

काँक्रोको सेवन गरि यसरी घटाउन सकिन्छ शरीरको अनावश्यक मोटोपन , हेर्नुहोस !