क्रिष्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीचको तनाव आइतबार ब्रेकिङ प्वाइन्टमा पुग्यो जब पोर्चुगिज फरवार्डलाई म्यानचेस्टर सिटीसँग ४-१ ले पराजित भएको खेलमा युनाइटेडको टोलीमा प्रशिक्षकले स्थान दिएनन्। नतिजाको रूपमा, ३७ वर्षीय स्टार खेलाडीले आउँदो गर्मीमा ओल्ड ट्राफोर्डमा आफ्नो समय अन्त्य गर्न विचार गरिरहेका छन्।

इङ्लिस प्रेसका अनुसार रोनाल्डोले सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरिसकेका छन् यदि आफ्नो टोली च्याम्पियन्स लिगका लागि छनोट हुन असफल भयो भने, जुन अहिलेको स्थितिमा प्रवल सम्भावित परिदृश्य रहेको छ। फुटबल ट्रान्सफरका अनुसार, उनी लियोनेल मेस्सी र नेयमारसँग सामेल हुन पेरिस सेन्ट-जर्मेन (पीएसजी) जाने योजनामा छन्।

जति नै सम्बन्ध नराम्रो भएपनि यस सिजनका लागि भने रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा नै रहनुपर्नेछ। आइतबार म्यानचेस्टर डर्बीको लागि टोलीसँग हुनुको सट्टा पोर्चुगल यात्रा गर्ने रोनाल्डोको निर्णय उनको टोलीका साथीहरूलाई पचेन। र जब पूर्व रियल म्याड्रिड स्टार मंगलबार प्रशिक्षणमा फर्किए, उनलाई दुई अंगरक्षकहरूले साथ दिएका थिए।

पोर्चुगिज फरवार्डले अझै पनि बुझ्न सकेनन् किन राल्फ रान्ग्निकले किन म्यानचेस्टर सिटी विरुद्धको खेलका लागि उनलाई खेलबाट बाहिर राखे। प्रशिक्षकको दाबी अनुसार रोनाल्डो चोटिल रहेका थिए भने विभिन्न रिपोर्टले रोनाल्डो १०० % फिट रहेको बताएका थिए।

