हिजो इतिहाँसकै महँगो भएको सुनको मूल्य आज घट्यो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार बढेर अहिले सम्मकै महँगो भएको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ हजार ५श् सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख २ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ हजार ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८११:१२

नायिका करिश्मा एमाले प्रवेश गर्ने, ओलीसँग नै भेट गरेर अनुरोध गरिन् !