अब गए रोनाल्डो-मेस्सीका दिन, थुप्रै खेलाडीले पछि पारिसके !

म्यानचेस्टर युनाइटेडका पूर्व फुल ब्याक ग्यारी नेभिलका अनुसार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी अब विश्वका उत्कृष्ट खेलाडी रहेनन्।

रेड डेभिल्सका स्ट्राइकर रोनाल्डो र पेरिस सेन्ट-जर्मेनका स्टार खेलाडी मेस्सी एक दशकभन्दा लामो समयदेखि फुटबल जगतमा एकक्षत्र राज गर्दै आएका छन्, जसले पछिल्ला १३ मध्ये १२ बालोन डी’ओर अवार्ड हात पारेका छन्। दुबै खेलाडी करियको अन्त्यतर्फ आइपुग्दा पूर्व युनाइटेड स्टार लेभिलका अनुसार मेस्सी र रोनाल्डो दुबैले पहिलो जस्तो खेल कतै पनि देखाउन नसकेको दाबी गरेका छन्। रोनाल्डोले २०१७-१८ मा रियल म्याड्रिडसँग च्याम्पियन्स लिग उपाधि जितेपछि कुनै यी दुबै स्टारले च्याम्पियन्स लिग जितेका छैनन्।

नेभिलले स्काई स्पोर्ट्सलाई भने, “हामीले यहाँ र त्यहाँ क्यामियो देख्न सक्छौं, तर रोनाल्डो र मेस्सी आफ्नो करियरको अन्त्यमा आउँदैछन् भन्ने कुरामा कुनै शंका छैन। दुई महान खेलाडीहरूको बारेमा कुरा गर्दा ओरालो लागेको भन्ने शब्द गलत जस्तो देखिन्छ, तर यसमा कुनै शङ्का छैन कि यी दुई कमजोर हुँदै छन्।”

“यस समयमा, थुप्रै वर्षहरूमा पहिलो पटक, यदि तपाईंले मानिसहरूलाई संसारको कुन एक मात्र खेलाडीलाई तपाईं अनुबन्ध गर्न चाहनुहुन्छ भनेर सोध्नु भयो भने, कसैले मेस्सी वा रोनाल्डो भन्न सक्दैनन्, तिनीहरूले सम्भवतः [किलियन] एमबाप्पे, एर्लिंग हालाण्ड, मोहम्मद सलाह वा रोबर्ट लेवान्डोस्की भन्नेछन्।”

“तपाईंले रोनाल्डो र मेस्सी बाहेक अन्य खेलाडीहरूको नामा लिनुहुनेछ र यो स्पष्ट संकेत हो कि यी दुई अझै उच्च स्तरमा खेलेपनि पहिलाको जस्तो स्तरमा छैनन्। उनीहरु अब संसारका उत्कृष्ट खेलाडीहरू रहेनन्।”

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१४:३९

युरोपा लिगमा आज बार्सिलोना खेल्दै, कुन च्यानलमा हेर्ने खेल ?