एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने उच्च सम्भावना रहेको देखिएको छ। च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग नमिठो हार बेहोर्दै पिएसजी प्रतियोगिताबाट बाहिरिएसँगै एम्बाप्पे च्याम्पियन्स लिगबाट बाहिरिने सम्भावना उच्च बनेको हो।
यस अगाडी च्याम्पियन्स लिगको नतिजा पछि मात्रै एम्बाप्पेले आफ्नो भविष्य बारे निर्णय गर्ने खबर आएको थियो। पिएसजीका लागि यस सिजनको च्याम्पियन्स लिग सकिसकेको अवस्था छ। यस्तोमा अब एम्बाप्पेले आफ्नो भविष्य बारे छिट्टै निर्णय गर्नेछन्।
एम्बाप्पेको पिएसजीमा सम्झौता यस सिजनको अन्त्य सम्मका लागि मात्रै छ। यस्तोमा एम्बाप्पे अहिले नै जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्न खुला भइसकेका छन्। एम्बाप्पेको रियल म्याड्रिडबाट खेल्ने ठूलो सपना छ।
रियलले पनि एम्बाप्पेलाई भित्र्याउन लगातार प्रयास गरिसकेको छ। पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिसकेको अवस्थामा एम्बाप्पे र रियल बीच केहि समय भित्रै अग्रिम सम्झौता हुन सक्नेछ।
पिएसजीको प्रयास
पिएसजीले गत वर्ष रियलबाट आएको २ सय मिलियन युरो भन्दा बढीको प्रस्तावलाई अस्विकार गरेको थियो। त्यसयता पिएसजीले एम्बाप्पेलाई लगातार सम्झौता थप गरन दबाव दिरहेको छ। यसबीचमा पिएसजीको तर्फबाट कयौं प्रस्ताव भइसकेका छन्।
गत महिना मात्रै पिएसजीले एम्बाप्पेलाई साप्ताहिक १ मिलियन युरो भन्दा बढी पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको खबर आएको थियो। बताइएअनुसार, एम्बाप्पेले सो प्रस्ताव पनि स्विकार गरेका छैनन्।

