डियाज छिट्टै लिभरपुलमा सेटल भएको देखेर छक्क परे यी खेलाडी, तर नचिनेकोमा भने पछुतो !

एजेन्सी – पूर्व लिभरपुल मिडफिल्डर एडम लल्लानाले जनवरी ट्रान्सफर विन्डोमा लिभरपुल पुगेका लुइस डियाज छिट्टै सेटल भएको देखेर अचम्म लागेको बताएका छन्। हाल प्रिमियर लिग क्लब ब्राइटनमा रहेका लल्लानाले एक अन्तर्वार्ताका क्रममा डियाज छिट्टै लिभरपुलमा छिट्टै सेटल भएको देखेर धेरै अचम्म लागेको बताएका हुन्।

बीबीसी रेडियो ५ लाइभ स्पोर्टसँग कुराकानी गर्नेक्रममा डियाज बारे आफूले पहिला नसुने बताए। लल्लानाका अनुसार उनले डियाज लिभरपुलमा आउनु भन्दा अगाडी डियाज बारे सुन्दै सुनेका थिएनन्।

“म वास्तवमा अलिकति लज्जित छु किनकि मैले डियाज बारे पहिला सुनेको थिइन। यसले लिभरपुलको खेलाडी भर्तिको स्तर देखाउँछ।”,लल्लानाले अन्तर्वार्ताका क्रममा भने। लल्लानाले फरक देशबाट आएर खेल्नु र छिट्टै सेटल हुनु सामान्य कुरा नरहेको बताए।

“म अझै पत्याउन सकिरहेको छैन कि डियाज यति छिटो सेटल भए। लिभरपुलबाट खेलिसकेको खेलाडी भएको नाताले मलाई त्यहाँ सेटल हुन कत्ति गार्हो छ भन्ने मलाई थाहा छ। डियाजको अंग्रेजी कस्तो छ भन्ने मलाई थाहा छैन। तर जनवरीमा अर्को देशबाट आउनु र राम्रो फुटबल खेल्नु एकदमै अभूतपूर्व हो।”,उनले भने।

त्यस्तै लल्लानाले डियाजको खेल हेरेको पनि बताए। काराबाओ कपको फाइनलमा लिभरपुलले चेल्सी विरुद्ध खेल्दा डियाजलाई प्रतक्ष्य हेरेको लल्लानाको भनाई छ। उनले भने,”म वेम्ब्लेमा थिएँ। त्यहाँ मैले उनले खेलेको देखें। मलाई लाग्छ कि उनी लिभरपुलको उत्कृष्ट खेलाडी र सबैभन्दा गतिशील थिए।”

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१९:४४

एट्लेटिकोले बार्सिलोनालाई पछि पार्यो, तेस्रो स्थानमा उक्लियो !