बार्सिलोनाले धेरै समय पछि गोल गर्न सकेन, गालाटासारेसँग बराबरीमा रोकियो !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले गालाटासारेलाई दवावमा राखेपनि पाहुना टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण बुनेपनि गोल गर्न भने असमर्थ रह्यो ।

गलाटासारेका गोलरक्षक इनाकी पेनाले बार्सिलोनाको आक्रमणलाई एकपछि अर्काे निस्तेज पारेका थिए । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ । अब दोस्रो लेग गालाटासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस खेलमा सफलता हात पार्ने टोली नै क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

यो बराबरीसँगै बार्सिलोना पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भयो । बार्सिलोनाले कोपा डेल रेमा एथलेटिको बिल्वाओसँग ३–२ ले पराजित भएयता अपराजित रहेको छ । जसमा ६ जित र ३ बराबरीको नतिजा रहेको छ ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८०९:१६

नेयमारसँग वाक्क-दिक्क भयो पिएसजी, लखेट्ने तयारी !