धनको मामिलामा निकै भाग्यमानी हुन्छन् यी ३ राशिका मानिस, धन हुँदैन कहिल्यै कमी !

हरेक राशिका मानिसहरुमा केहि न केहि विशेषताहरु हुन्छन् जसले उनीहरुलाई अरु भन्दा फरक बनाउँछ। कोही मानिस कुरा बनाउन माहिर हुन्छन् भने कोही धेरै मेहनती हुन्छन्। त्यसैगरी कोही मानिसहरु भीडभाडमा बस्न रुचाउँछन् भने कोही एक्लै बस्न रुचाउँछन्। भनिन्छ कि ग्रहहरूले मानिसको जीवन र बानीमा प्रभाव पार्छ। प्रत्येक राशि कुनै न कुनै ग्रहसँग सम्बन्धित हुन्छ। यी ग्रहहरूले सम्बन्धित राशिका मानिसहरूलाई प्रभाव पार्छन्। यस्तोमा आज हामी माता लक्ष्मीको विशेष कृपा सधैं रहीरहने राशिको बारेमा कुरा गर्नेछौं….

मेष राशि 

यस राशिका मानिसमा माता लक्ष्मीको विशेष कृपा हुन्छ। यस राशिका मानिस निकै मेहनती र बुद्धिमानी हुने गर्छन्। यी मानिसहरु निकै उर्जावान हुन्छन् र हरेक काम सफलताका साथ सम्पन्न गर्ने जोश हुन्छ। तिनीहरूले जीवनमा आउने हरेक चुनौतीको डटेर सामना गर्छन्। यो राशिका मानिस धनको हिसाबले निकै भाग्यमानी मानिन्छन्। उनीहरुको जीवनमा सुखसुविधाको कहिल्यै कमी हुँदैन।

वृष राशि 

यो राशिका मानिसहरु धेरै स्मार्ट हुन्छन्। उनीहरुलाई भाग्यले पनि पूरा साथ दिने गर्छ। यस राशिका मानिसले जुन काममा हात हाल्छन् त्यो काम पूरा गरेर मात्र राहतको सास लिन्छन्। उनीहरु कुराकानीको कलामा माहिर हुन्छन्। जसको माध्यमबाट उनीहरुले कसैको पनि मन जित्न सफल हुन्छन्। उनीहरुको जीवनमा सुखसुविधाको कहिल्यै कमी हुँदैन। यस राशिका मनिसमा सधैं माता लक्ष्मीको आशीर्वाद रहन्छ।

कर्कट राशि 

यस राशिका मानिसलाई माता लक्ष्मीको कृपा जीवनभर रहन्छ। हरेक काममा भाग्यको साथ मिल्छ। तिनीहरू बुद्धिमान र मेहनती हुन्छन्। कडा परिश्रमको आधारमा उनीहरु आफ्नो करियरमा निकै उच्च स्थान हासिल गर्छन्। उनीहरूलाई पैसाको कहिल्यै कमी हुँदैन। समाजमा उनीहरुको छुट्टै पहिचान हुन्छ। जताततै सम्मान पाउँछन्।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१२:३३

गोलकिपर डोन्नररुम्मासँग भनाभन भएका बारे नेयमारले मुख खोले !