काठमाडौँ – एक साता नबित्दै नेपाली बजारमा कुखुराको मासुको मूल्य बढेको छ। सोमबार मात्रै बढेको ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबार फेरी बढेको हो।
कुखुराको दानाको मूल्य बढेसँगै कुखुराको मासुको मूल्य बढाउन आफूहरु बाध्य भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। संघका अनुसार जिउँदो ब्रोइलर कुखराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३०० सय रुपैयाँ पुर्याइएको छ।
शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको मूल्य किलोमा १० रुपैंयाँले बढेको छ। यस अगाडी पनि सोमबार जिउँदो ब्रोइलर कुखरा मूल्य किलोमा १० रुपैंयाँ नै बढेको थियो।
दानाका लागि चाहिने मकै, भटमासका कन्टेनरहरु आयात हुन नसकेका कारण कुखुराको मासुको मूल्य बढेको संघको भनाई छ। माघ २३ गते प्रतिकिलो जिउँदो ब्रोइलरको मूल्य २ सय ४० रुपैयाँ। त्यसयता कुखुराको मासुको मूल्य लगातार बढिरहेको छ।
जिउँदो ब्रोइलर कुखराको मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि बढेको छ। काठमाडाैं उपत्यकामा तयारी मासुको खुद्रा मूल्य प्रतिकिलो ४ सय ३० रुपैयाँ सम्म पुगेको छ।

