मेस्सीले बालोन डी’ओर जित्दा विवाद, बालोन डी’ओरको नियमै परिवर्तन ! के छ नयाँ ?

एजेन्सी – विश्वका सर्वोत्कृष्ट पुरुष र महिला फुटबलरलाई दिइने गरेको बालोन डी’ओर अवार्डमा विभिन्न परिवर्तनहरु हुने भएका छन्। सन् २०२१ को बालोन डी’ओर लियोनेल मेस्सीले जित्दा विवाद शिर्जना भएसँगै अवार्डसँग सम्वन्धित विभिन्न नियमहरु परिवर्तन भएका हुन्।

अब बालोन डी’ओरका लागि कुनै पनि खेलाडीको मूल्याङ्कन अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा गरिनेछ। यस अगाडी एक खेलाडीले वर्षभर गरेको प्रदर्शनका आधारमा मूल्याङ्कन हुने गरेको थियो।

यस्तै फ्रान्स फुटबल म्याक्जिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ। अब बालोन डी’ओरको निर्णायक भूमिकामा विश्वभरका सबै देश हुने छैनन्। यस अगाडी विश्वका १ सय ७० देशका प्रतिनिधिहरूले निर्णायकको भूमिका निभाउने गरेका थिए। तर अब भने पुरुष बालोन डी’ओरका लागि सय प्रतिनिधिहरूले निर्णायकको भूमिका निभाउनेछन् भने महिना बालोन डी’ओरका लागि मात्रै ५० प्रतिनिधिहरुले निर्णायकको भूमिका निभाउनेछन्।

त्यस्तै बालोन डी’ओरको मनोनयन गर्ने प्रक्रियामा पनि केहि परिवर्तन भएका छन्। यस अगाडी फ्रान्स फुटबल र ले इक्विपका सम्पादकीय कर्मचारीहरुले ३० खेलाडीको मनोनयन सूची तयार पार्दै आएको भएपनि अब त्यसमा केहि व्यक्तिहरु थप हुनेछन्। पछिल्लो संस्करणका उत्कृष्ट निर्णायकहरु पनि खेलाडीहरुको मनोनयनको प्रक्रियामा समेत हुनेछन्।

अब देखि बालोन डी’ओर अवार्डका निर्णायकहरुले सबैभन्दा बढी खेलाडीको व्यक्तिगत प्रदर्शनलाई ध्यानमा राख्नुपर्नेछ। अब खेलाडीले के कति उपाधि जिते भन्दा पनि समग्रमा कस्तो प्रदर्शन गरे भन्ने कुरा प्राथमिकतामा रहनेछ। त्यस्तै खेलाडीको क्षमता र फेयर प्लेलाई पनि ध्यानमा राखिनेछ।

फ्रान्स फुटबल म्यागजिनले सन् १९५६ देखि उत्कृष्ट पुरुष खेलाडीलाई दिँदै आएको सो अवार्ड सन् २०१८ केहि महिना फुटबल खेलाडीलाई पनि दिन थालिएको छ। परिवर्तन भएका सबै नियम महिना र पुरुष खेलाडी दुवैमा लागू हुनेछ।

प्रकाशित : शनिबार, फागुन २८, २०७८१६:१३

सिटी र हालाण्ड बीच मौखिक सहमति, सिटिले सबैको चित्त बुझाएर हालाण्ड भित्र्याउने !