हालाण्ड फुत्किने भएपछि लेवान्डोस्की माथि बार्सिलोनाको नजर !

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्ड क्याटलान क्लब बार्सिलोनाका लागि मुख्य टार्गेट रहेका छन्। बार्सिलोना हालाण्डलाई जसरी पनि आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहन्छ। तर पछिल्लो घटनाक्रमलाई हेर्दा हालाण्ड बार्सिलोना भन्दा पनि म्यानचेस्टर सिटी जाने सक्ने बढी सम्भावना देखिन्छ।

हालाण्ड भित्र्याउने दौडमा सिटी पनि जोडिन आएसँगै बार्सिलोनालाई पर्न सम्म पिर परेको छ। गएको केहि दिन देखि आइरहेका खबर अनुसार सिटी र हालाण्डका एजेन्ट बीच विभिन्न चरणमा भएका छलफल सकारात्मक दिशामा अगाडी बढेको छ।

हालाण्ड फुत्किने देखिएसँगै बार्सिलोनाको ध्यान रोबर्ट लेवान्डोस्की तर्फ केन्द्रित भएको छ। स्पेनिस मिडिया मार्काका अनुसार हालाण्ड भित्र्याउन नसकिने भएपछि बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने तर्फ अध्ययन अगाडी बढाएको हो।

लेवान्डोस्कीको सम्झौता सन् २०२३ मा सकिँदै छ। तर बायर्न म्युनिखले उनलाई अहिले सम्म सम्झौता थपका लागि कुनै पनि प्रस्ताव गरेको छैन। यस्तोमा लेवान्डोस्कीलाई बायर्नले आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ।

बायर्नले लेवान्डोस्कीलाई बिक्रीमा राखेको खण्डमा भित्र्याउने प्रयास गर्ने बार्सिलोनाको योजना छ। त्यस्तै लेवान्डोस्कीको अलावा बार्सिलोनाले अलेक्ज्याण्डर इसाक, करिम अडेमी र लाउटारो मार्टिनेज माथि पनि नजर लगाइरहेको छ।

प्रकाशित : शनिबार, फागुन २८, २०७८१९:५१

रोनाल्डोको ह्याट्रिक, युनाइटेड फेरी शिर्ष चारमा !