लिभरपुलले सिटीसँगको अग्रता छोट्यायो !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुलले सहज जित हात पार्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ ।

लिभरपुलले ब्राइटनलाई उसकै मैदानमा २–० को सहज जित निकालेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको १९औं मिनेटमा लुइस डियाजको गोलबाट अग्रता लिएको थियो । उनले जोएल मटिपको पासमा गोल गर्न सफल भएका थिए । ६१औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

यो जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याएको छ । लिभरपुलको २८ खेलबाट ६६ तथा सिटीको ६९ अंक छ । पराजित ब्राइटन ३३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८०९:२०

टोटेनहम विरुद्ध रोनाल्डोको आक्रामक ह्याट्रिक, हेर्नुहोस् भिडियोमा !