रेकर्ड ब्रेकर रोनाल्डो: फुटबल इतिहास कै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने !

फिफाको रेकर्ड अनुसार क्रिस्टियानो रोनाल्डो व्यावसायिक फुटबलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। म्यानचेस्टर युनाइटेडका फरवार्डले शनिबार प्रिमियर लिगमा टोटनह्याममाथिको जितमा उत्कृष्ट ह्याट्रिक गर्दै अघिल्लो कीर्तिमानी जोसेफ बिकानलाई उछिनेका हुन्।

रोनाल्डोले एक शानदार लामो दूरीको स्ट्राइक उत्पादन गर्दै बिकानको लामो समयदेखि ८०५ आधिकारिक रूपमा रेकर्ड गरिएका गोलको कीर्तिमान बराबर गरेका थिए। त्यसपछि पेनाल्टीबाट ह्यारी केनले लण्डन क्लबका लागि बराबरी गोल गरेपछि युनाइटेडलाई २-१ को अग्रता दिलाउन अस्ट्रिया-चेक लिजेन्डलाई पछि पार्ने गोल गरेका थिए।

ह्यारी म्यागुइरेको आत्मघाती गोलले स्पर्सलाई दोस्रो पटक बराबरीमा पुर्‍यायो तर रोनाल्डोले बुलेट हेडर गोल गर्दै ह्याट्रिक पूरा गर्दै घरेलु टोलीलाई ३-२ को जित दिलाए। बिकान, जसको करियर १९३१ देखि १९५५ सम्म फैलिएको थियो, स्लाभिया प्रागका लागि आफ्नो अधिकांश गोल गरे – चेक टोलीका लागि २२१ खेलहरूमा ४२७ गोलहरूको अविश्वसनीय रेकर्डको साथ आफ्नो क्यारियर समाप्त गरेका थिए। ४२ वर्षको उमेरमा फुटबलबाट सन्यास लिनुअघि उनले दुई राष्ट्रिय टोली, अस्ट्रिया र चेकोस्लोभाकियाका लागि पनि खेलेका थिए।

रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट आफ्नो करियर सुरु गरे र ओल्ड ट्राफोर्डमा आफ्नो पहिलो स्पेलको क्रममा २९२ खेलहरूमा ११८ पटक गोल गर्दै सर एलेक्स फर्गुसनको निर्देशनमा म्यानचेस्टर युनाइटेडमा उत्कृष्ट गोलकर्ता बन्न पुगे। त्यसपछि सन् २००९ मा ५ पटकका ब्यालोन डी ओर विजेताले रियल म्याड्रिड प्रस्थान हुने निर्णय गरे। ९ वर्ष म्याड्रिडमा खेलेका उनले स्पेनिस दिग्गजका लागि ४३८ खेलमा ४५० गोल गर्दै क्लब इतिहास कै सर्वाधिक गोल गर्ने खेलाडी बने।

रोनाल्डो २०१८ मा युभेन्टस गए र यसै सिजन मात्र म्यानचेस्टर युनाइटेड फर्कनु अघि इटालियन क्लबका लागि १०१ गोल गरे। उनले म्यानचेस्टरमा आफ्नो दोस्रो स्पेलमा ३२ खेलहरूमा १८ गोल गरिसकेका छन्। यसका साथै पोर्चुगलका लागि ११५ गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन्।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१४:२८

मेस्सीले पीएसजीमा गरि-खान सकेनन्, अन्तत: बार्सिलोना कै ढोका ढकढाक्याउने भए !