काठमाडौँ- अहिले अभिनेता पल शाह एक नाबालिग बला-त्कार गरेको आरोपमा प्रहरी हिरासतमा छन् । पहिलो चरणमा अभिनेता पल शाहलाई ७ दिनको म्यादमा अनुसन्धान थालिएको थियो र पछि १२ दिन म्याद थापा गरिएको थियो । अहिले अभिनेता पल शाहको विरुद्धमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोट गरी दुई स्थानबाट उजुरी परेको छ ।
सुरुमा तनहुँबाट उजुरी परे पनि पछि फेरी नवलपरासीको गैँडाकोटबाट पनि उजुरी परेको थियो । अभिनेता पल शाह विरुद्ध गैँडाकोटबाट पनि उजुरी परेपछि उनलाई गत मंगलबार अनुसन्धानको लागि तनहुँबाट त्यहाँ लगिएको थियो । र अभिनेताले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष अभिनेताले बयान दिएका थिए ।
अभिनेता विरुद्ध पछिल्लो उजुरी अनुसार एक गीतको छायाँकनको लागि गएको समयमा गत चैत ७ गते गैँडाकोटको एक होटलमा अभिनेताले उनलाई जब-र्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । अहिले अभिनेताको बयान सामाजिक सञ्जाल हरुमा सार्वजनिक भएको छ । भने अभिनेता पल शाहले आफूमाथि लागेको बला:-त्कारको आरोप अस्वीकार गरेका छन् । अभिनेताले भनेका छन्, “हामी सुटिङमा क्रममा यहाँ भेटिएका थियौ र राति सुत्ने बेला म उनलाई गुडनाइट भन्न ती गायिकाको बसेको कोठाको ढोकासम्म पुगेको थिए । जब-र्जस्ती गरेको होइन ।”