मेष राशि

स्वास्थ्यसम्बन्धी समस्याले सताउला । त्यसैले गर्नुपर्ने काममा विलम्ब हुन जाला । हातले समातेको इलमबाट जति प्राप्ति हुने हो, त्यति हुन सक्लाजस्तो छैन । परिवारमा समेत सानो सानो कुरामा मतभेद हुनसक्छ ।
कर्कट राशि

साताको सुरुमा खर्च बढ्न सक्छ । भोजभतेर एवं सांस्कृतिक पर्वलाई पूरा गर्नका लागि पनि खर्च गर्नुपर्ने बाध्यता पर्ला । मनमा शङ्का र डर पनि लागिरहनेछ । पढाइतिर भने अलिकति सुधार आउन लागेको छ । वाणीमा निकै ओज आउने समय देखिन्छ ।
सिंह राशि

सानो सानो कामले पनि बढी समय लेला । बाधा दिने निकै छन् भने मद्दत दिनेको सङ्ख्या कम मात्र छ । शिक्षाको क्षेत्रमा अलिकति बाधा आउने सङ्केत देखा पर्छ । नेतृत्व शक्ति फितलो भएर गएको छ । कूटनीतिक प्रतिभा पनि कमजोर छ ।
वृश्चिक राशि

सुरुको दिन त्यति राम्रो छैन । त्यसैले हप्ताको सुरुवाती दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस् र स्वास्थ्यका लागि पनि विशेष सतर्क हुनुहोस् । आइतबारको दिन राम्रो छ । यो सातामा धार्मिक काम हुनसक्छ । पढाइको क्षेत्रमा भएको बाधा क्रमशः हटेर जाला ।
धनु राशि

साताको मध्य भाग त्यति राम्रो छैन। स्वास्थ्यसम्बन्धी समस्या पर्नुका साथै आर्थिक स्थितिमा समेत डामाडोल आउन सक्छ । पढाइमा स्थिरता त्यति देखिन्न । सानो काम पूरा गर्नसमेत विलम्ब होला । जागिरको काममा समेत अनेकौँ अप्ठेरा आउनेछन् ।
कुम्भ राशि

खर्च असाध्यै होला । पैसाको सञ्चय हुन गाह्रो छ । त्यसैले मनमा डर लागिरहला । व्यापारतिर लाग्नुभएको छ भने बढी लाभको आशा नगर्नुहोस् । बेकारको यात्राले पनि खर्च गराइरहला । शिक्षाको क्षेत्रमा मध्यम समय छ ।

