“ठग रहेछ हान्दिए, कुट्दा मज्जा आयो”

काठमाडौँ – गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पाठ सिकाउन झापड हानेको बताएका छन्।

बुधबार पोखरामा पत्रकारसम्मेलन गर्दै मनाङेले हान्ने पर्ने भएर गुरुङलाई झापड हानेको बताएका हुन्। मुख्यमन्त्रीले झापड हान्नुपर्ने ठाउँमा आफूले झापड हानेको उनको भनाई छ।

“यो मान्छे नामुद ठग रहेछ मैले एक झापड हान्दिएँ। मुख्यमन्त्री कप भइरहेको छ। यसलाई मुख्यमन्त्रीले हान्‍नुपर्ने मैले पो हानेँ।”,पत्रकार सम्मेलनमा मनाङेले भने।

गुरुङलाई झाप्पड हान्दा आफूलाई मज्जा लागेको पनि उनले पत्रकार सम्मेलनमा सुनाए। ठग्नेलाई कुट्दा मज्जा लागेको उनको भनाई छ।

“झापड हान्न हुन्थेन भनेर धेरैले सोधे। ए बाबा झापड हान्ने कुनै निकाय हुन्छ। मलाई यसलाई कुट्दा राम्रो लागेको छ। ठग्नेलाई कुट्दा मजा लाग्छ। उसले प्रहरीकोमा जाहेरी दिए, ५० वटा जाहेरी दिन्छु।”,उनले भने।

यस्तै मनाङेले हिजो नभेटेर मात्र एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङ बचेको प्रतिक्रिया दिए। भेटेको भए छिरिङले पनि पिटाइ भेटिसकेको हुने उनको प्रतिक्रिया छ।

“आज मेरो रिस मरिसक्यो हिजो मैले कर्मा छिरिङलाई हान्थेँ, अनि उही कर्माले बनाएको ठग अध्यक्ष पर्‍यो।”,उनले भने।

प्रकाशित : बुधबार, माघ ०८, २०७६११:४३

रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलन घोषणा !