“एम्बाप्पेले पिएसजीका लागि धेरै गरेका छन्, उनलाई धन्यवाद दिएर जान दिनुपर्छ”

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक रहिसकेका लुइस फर्नान्डेजले युवा स्टार किलियन एम्बाप्पेलाई पिएसजी छाड्न दिइनुपर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा फर्नान्डेजले पिएसजी छाड्न चाहेको खण्डमा एम्बाप्पेलाई जान दिइनुपर्ने बताएका हुन्।

स्पेनी रेडियो स्टेशन काडेना सेरलाई अन्तर्वार्ता दिनेक्रममा फर्नान्देजले एम्बाप्पेलाई पिएसजीले धनयवाद दिनु पर्ने र क्लब छाड्न दिनुपर्ने बताए। एम्बाप्पेको निर्णयलाई सबैले सम्मान गर्नुपर्ने उनको भनाई छ।

“यदि एम्बाप्पेले छाड्ने निर्णय गर्छन् भने उनलाई रोक्नु हुँदैन। पिएसजीका लागि उनले जे गरेका छन्, त्यसको लागि उनलाई धन्यवाद दिइनुपर्छ र उनलाई जान दिनुपर्छ।”,फर्नान्देजले भने।

कुराकानीका क्रममा फर्नान्देजले एम्बाप्पेले देखाएको व्यावसायिकताको प्रशंसा गरिनु पर्ने पनि बताए। एम्बाप्पेले कुनै पनि समयमा पिएसजी माथि गद्दारी नगरेको फर्नान्देजको भनाई छ। उनका अनुसार एम्बाप्पे हरेक पटक मैदानमा उत्रँदा पिएसजीको जित सोचिरहेका हुन्छन्।

उनले भने,”कसैले पनि एम्बाप्पे पिएसजीको जितका लागि केन्द्रित छैनन् भनेर भन्न सक्दैन। उनी जहिले पनि पिएसजीको जितका लागि खेलिरहेका हुन्छन्। कसैले भन्न सक्दैन कि उनले अरू केहि सोचिरहेका छन्।”

एम्बाप्पे पिएसजीमा सम्भवतः अन्तिम सिजन बिताइरहेका छन्। एम्बाप्पेले यस सिजनको अन्त्यमा पिएसजी छाड्न सक्ने सम्भावना छ। यहि सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका उनले आउने केहि समय भित्रै रियल म्याड्रिडसँग अग्रिम सम्झौता गर्न सक्ने सम्भावना छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१०:३३

“युनाइटेडलाई हराउन अन्तिम समय सम्म लड्छौं, जसरी पनि पछार्छौँ”