एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमार र लियोनेल मेस्सी माथि मात्रै रिस पोखिएको प्रति आपत्ति जनाएका छन्। आइतबार बोर्डेअक्स विरुद्धको खेलमा मेस्सी र नेयमार विरुद्ध हुटिङ भएपछि पोचेटिनोले दुई खेलाडी माथि मात्रै रिस पोख्न नमिल्ने बताएका हुन्।
गत हप्ता मात्रै पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। च्याम्पच्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीले रियल म्याड्रिडसँग ३-१ ले हार बेहोरेको थियो। रियल विरुद्धका दुवै खेलमा मेस्सी र नेयमारले गोल गर्न सकेका थिएनन्।
आइतबार पिएसजीले घरेलु मैदानमा बोर्डेअक्सको सामना गर्दा मेस्सी र नेयमारलाई लक्षित गरेर खेलको शुरुवात देखि नै हुटिङ भएका थिए। सो क्रम खेलको अन्त्य सम्म पनि जारी थियो।
मेस्सीको पासमा आइतबार नेयमारले गोल गरेपनि हुटिङ रोकिएन। मेस्सी र नेयमारले खेलको अन्त्य सम्म पिएसजीकै समर्थकबाट अपमान भोगे। सो विषयमा पत्रकारहरुले प्रश्न राख्दा पोचेटिनोले दुई खेलाडीलाई मात्र लक्षित गरिनु अनुचित भएको बताए।
जित र हार दुवै टोलीको हुने हुँदा दुई खेलाडीलाई मात्र लक्षित गरेर विरुद्ध गरिनु राम्रो नभएको पोचेटिनोको भनाई छ। उनले भने,”मेरो लागि यो अनुचित छैन। हामी सबै प्रशंसकहरूको यो क्रोधको हकदार छौं। नेयमार र मेस्सीलाई मात्र लक्षित गरिनु ठीक होइन।”
मेस्सी र नेयमार दुई विश्व स्तरीय खेलाडी रहेको हुँदा सम्मानजनक व्यवहार गरिनु पर्ने पनि पोचेटिनोले बताए। उनले भने,”जब हामी हार्छौं वा जित्छौं, यो सधैं एक टोलीको रूपमा हुन्छ। हामी हाम्रा समर्थकहरूको निराशा बुझ्छौं”

