युनाइटेड भर्सेस एट्लेटिको: को पुग्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ? खेल कहाँ हेर्ने ?

एजेन्सी – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड र एट्लेटिको म्याड्रिड आमने-सामने हुँदैछन्। युनाइटेडको घरेलु मैदानमा यी दुई आज राति आमने-सामने हुन लागेका हुन्।

पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ को बराबरी खेलेका थिए। पहिलो लेगमा एट्लेटिकोले अग्रता लिएपनि म्यानचेस्टरका एन्थोनी इलांगाले गोल गर्दै हार टारेका थिए। एट्लेटिकोका लागि भने जोआओ फेलिक्सले गोल गरेका थिए।

आज हुने खेलमा दुवै टोली एक-अर्कालाई हराउने दाउमा हुनेछन्। आज जित निकाल्ने टोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्नेछ।

युनाइटेडले च्याम्पियन्स लिग समूहचरणका खेलमा ६ खेल मध्ये ३ खेल मा जित निकाल्दा १ हार बेहोरेको थियो। त्यस्तै एट्लेटिकोले भने समूचरणमा मात्रै २ जित निकालेको थियो भने ३ खेलमा हार बेहोरेको थियो।

युनाइटेड र एट्लेटिको बीच अहिले सम्म कमै मात्र भेट भएका छन्। यी दुई बीच पहिलो लेगमा भेट हुनु अगाडी पछिल्लो पटक सन् १९९१-९२ को युइएफए कपको दोस्रो राउण्डमा भेट भएको थियो। त्यसबेला पहिलो लेगमा एट्लेटिको ३-० ले विजयी भएको थियो भने दोस्रो लेग १-१ को बराबरीमा टुंगिएको थियो।

खेल कुन च्यानलमा हेर्ने ?

खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१३:०५

पिएसजीमा उथलपुथल: एम्बाप्पे मात्र नभई यी आठ खेलाडीले पनि पिएसजी छाड्न सक्ने ! को-को ?