एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगबाट बाहिरिएपछि एउटै कुरामा सबैको ध्यान छ – युवा स्टार किलियन एम्बाप्पेले अब के गर्छन् ? एम्बाप्पेको भविष्यमा सबैको चासो छ।
पिएसजीका लागि यस सिजनको च्याम्पियन्स लिग सकिसकेको छ। रियल म्याड्रिडको घरेलु मैदानमा बेहोरेको ३-१ को हार पिएसजीका लागि एम्बाप्पे गुमाउने कारण बन्न सक्ने धेरैले अनुमान गरिरहेका छन्।
पछिल्लो समय त एम्बाप्पेले छिट्टै रियलसँग अग्रिम सम्झौता गर्ने चर्चा नै चल्न थालेको छ। फ्रेन्च र स्पेनिस मिडियाहरु यहि साता नै एम्बाप्पे र रियल बीच सम्झौता हुन दावी गरिरहेका छन्।
यस्तै केहि पत्रकारहरुले भने एम्बाप्पे र रियल बीच गएको जनवरीमै सम्झौता गरिरहेका छन्। तर एम्बाप्पे पक्षबाटै त्यस बारे स्पष्ट नभएसम्म केहि भन्न सकिने अवस्था छैन। बताइएअनुसार, अझै पनि पिएसजी एम्बाप्पेले सम्झौता थप गर्छन् भन्नेमा आशावादी देखिन्छ। एम्बाप्पेले सम्झौता थप गर्नछन् भन्ने कुरामा पिएसजी आशावादी रहेको फ्रेन्च मिडियाहरुको दावी छ।
एम्बाप्पे सन् २०१७ मा पिएसजी आएका थिए। पिएसजीले एम्बाप्पेका लागि १ सय ८० मिलियन युरो खर्च गरेको थियो। पिएसजी आएयता उनले क्लबका लागि कुल २ सय ७ खेलेका छन्। जसमा उनले १ सय ५८ गोल गर्दै ७८ असिस्ट दिएका छन्। एम्बाप्पे पिएसजीका दोस्रो सर्वाधिक गोल कर्ता हुन्।

