पटक-पटक चोट दिएका रोनाल्डोसँग बदला लिने दाउमा एट्लेटिको ! के छ इतिहाँस ?

एजेन्सी – च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिड अन्डरडगको रुपमा ओल्डट्राफोर्ड जाँदैछ। घरेलु मैदानमा भएको पहिलो लेगमा पाएको अग्रतालाई अन्तिम समय सम्म जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको एट्लेटिको म्याड्रिडका लागि आज राति हुने खेल पक्कै पनि सहज हुने छैन।

युनाइटेडका समर्थकले भरिएको ओल्डट्राफोर्डमा जित निकाल्न एट्लेटिकोलाई हम्मे-हम्मे पर्नेछ। त्यसमाथि युनाइटेडमा रोनाल्डो पनि छन्। रोनाल्डोसँग एट्लेटिको पूरानो दुश्मनी छ। रोनाल्डोले एट्लेटिकोलाई पटक-पटक चोट दिएका छन्।

एट्लेटिको विरुद्ध यस्तो छ रोनाल्डोको तथ्यांक

रोनाल्डोले अहिले सम्म एट्लेटिकोको ३६ पटक सामना गरेका छन्। लालिगा, च्याम्पियन्स लिग सहित अन्य सबै प्रतियोगितामा गरी रोनाल्डोले एट्लेटिकोको यति संख्यामा सामना गरेका हुन्। रोनाल्डोको तथ्यांकलाई हेर्ने हो भने एट्लेटिको विरुद्ध १७ जित निकाल्दा ९ हार बेहोरेका छन्। त्यस्तै बाँकी १० खेलमा भने बराबरी खेलेको तथ्यांक छ।

एट्लेटिकोको रोनाल्डोले च्याम्पियन्स लिगमा ११ पटक, लालिगामा १६ पटक, कोपा डेल रेमा ७ पटक र सुपरकोपामा २ पटक सामना गरेका छन्। रोनाल्डोले एट्लेटिको विरुद्ध २५ गोल गरेका छन् भने ९ असिस्ट दिएका छन्।

च्याम्पियन्स लिगमा के छ तथ्यांक

च्याम्पियन्स लिगमा रोनाल्डोले एट्लेटिकोको ११ पटक सामना गरेका छन्। एट्लेटिकोसँग च्याम्पियन्स लिगमा भेट हुँदा ६ खेलमा जित निस्किएको छ भने ३ खेल बराबरीमा टुंगिएको छ। च्याम्पियन्स लिगमा रोनाल्डोले एट्लेटिको विरुद्ध ७ गोल गर्दा ३ असिस्ट दिएका छन्।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१८:३६

सिटीले एक गोल पनि गर्न नसकेपछि प्यालेसका गोलकिपरलाई ग्वार्डिओलाले के भने ? [भिडियो]