मेस्सी र रोनाल्डो दुवैका सपना चकनाचुर, गलत क्लबमा पुगेको पुष्टि !

एजेन्सी – सन् २०२१ को समर ट्रान्सफर विन्डोमा धेरैले नसोचेका दुई ट्रान्सफर भए। डेढ दशक भन्दा बढी समय देखि क्याटलान क्लब बार्सिलोनामा रहेका लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे भने युभेन्टसबाट क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किए।

मेस्सी पिएसजी पुग्नु र रोनाल्डो युनाइटेड पुग्नुको एउटै लक्ष्य थियो – च्याम्पियन्स लिग। दुवै खेलाडीले च्याम्पियन्स लिग जित्ने लक्ष्य सहित क्लब परिवर्तन गरेका हुन्। क्लब परिवर्तन पछि दुवैका लागि समय कठिन रह्यो।

न त मेस्सीले पिएसजीका लागि उत्कृष्ट प्रदर्शन गर्न सके, न त रोनाल्डोले युनाइटेडकै लागि। दुवै खेलाडी घरेलु लिगमा फिक्का देखिन पुगे। तर च्याम्पियन्स लिगको समूहचरण भने दुवैले राम्रो प्रदर्शन गरेका थिए।

च्याम्पियन्स लिगको समूहचरणमा मेस्सी र रोनाल्डो दुवैले सात-सात खेल खेलेका थिए। समूहचरणका खेलमा मेस्सीले ५ गोल गर्दा रोनाल्डोले ६ गोल गरे। तर च्याम्पियन्स लिगको अन्तिम १६ मा भने दुवैले गोल गर्न सकेनन्।

अन्तिम १६ मा पिएसजीको भेट रियल म्याड्रिडसँग भएको थियो। दुवै खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन्। पहिलो लेगमा १-० को जित निकालेपनि पिएसजी रियलको घरेलु मैदानमा ३-१ ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।

त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ मा युनाइटेडको भेट स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग भयो। पहिलो खेल बराबरीमा रोकिएपनि दोस्रो खेलमा युनाइटेड १-० ले हार्न पुग्यो। यससँगै रोनाल्डो र मेस्सी दुवै च्याम्पियन्स लिगबाट बाहिरिएका छन्।

प्रकाशित : बुधबार, चैत ०२, २०७८०९:०८

आयाक्सलाई बेन्फिकाले पछार्यो !