एजेन्सी – सन् २०१८ मा युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डो यहि सिजन म्यानचेस्टर युनाइटेड फर्किए। युभेन्टसमा सन्तुष्ट हुन नसकेपछि रोनाल्डो युनाइटेड आएका थिए। युनाइटेडले गत सिजनमा धेरै राम्रो प्रदर्शन गरेको थियो। युनाइटेड गत सिजन प्रिमियर लिगमा दोस्रो भएको थियो। युनाइटेडको राम्रो अवस्था देखेरै रोनाल्डोले युनाइटेड आउने निर्णय गरेका थिए।
युभेन्टसबाट च्याम्पियन्स लिग जित्न नसकिने देखेपछि रोनाल्डोले सो क्लब छाडेका थिए। त्यसबेला उनले युनाइटेडबाट खेल्दै च्याम्पियन्स लिग र सन्या उपाधि जित्ने सपना देखेका थिए।
तर सन् २०२१-२२ को सिजन निष्कर्ष तर्फ अगाडी बढ्दै गर्दा रोनाल्डोको सो सपना पूरा अनाहुने स्पष्ट भइसकेको छ। च्याम्पियन्स लिगको समूहचरणका खेलमा राम्रो खेलेपछि अन्तिम १६ मा भने रोनाल्डोको जादू चलन सकेन।
अन्तिम १६ मा युनाइटेडको भेट एटलेटिको म्याड्रिडसँग भयो। एटलेटिको रोनाल्डोको धेरै पूरानो प्रतिद्वन्दी क्लब समेत हो। रियल म्याड्रिडबाट खेल्दा रोनाल्डोले कयौं पटक एटलेटिकोको सामना गरेका थिए। रोनाल्डोबाट एटलेटिको विरुद्ध धेरै राम्रो प्रदर्शन हुने धेरैको अपेक्षा थियो। तर रोनाल्डोले दुवै लेगमा जादू चलाउन सकेनन्। फलतः युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिन पुग्यो।
युनाइटेड छाड्लान् ?
युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएसँगै रोनाल्डोले क्लब छाड्न सक्ने सम्भावना पनि बढ्दै छ। युनाइटेड यस सिजन च्याम्पियन्स लिगका लागि छनौट हुन् धेरै गार्हो पर्ने देखिन्छ। युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुन नसकेको खण्डमा रोनाल्डोले युनाइटेड छाड्ने बताइन्छ।

