सुनको मूल्य लाखबाट पनि ओरालो लाग्यो, ह्वात्तै घट्यो ! कति ?

काठमाडौँ – चैत महिनाको दोस्रो दिन पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। फागुन महिनाको अन्तिम दिन घटेर चैत महिनाको पहिलो दिन पहि घटेको सुनको मूल्य आज समेत घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ लाख ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजर ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन दुई साताकै सस्तो

चैत महिना लागेसँगै सुन केहि सस्तो हुने संकेत देखिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सुनको मूल्य १५ दिनकै सस्तो भएको छ। आज सुनु फागुन १७ गते यताकै सस्तो भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८११:०६

अब यस्ता व्यक्तिहरुले म्यादी प्रहरीमा दरखास्त दिन नपाउने ! के-के छ व्यवस्था ?