पुन: रोनाल्डो-मेस्सी बिनाको च्याम्पियन्स लिग, लगातार दोस्रो वर्ष अन्तिम १६ बाट आउट !

जब लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले गत समरमा नयाँ क्लबमा जाने निर्णय गरे, उनीहरू दुबैको च्याम्पियन्स लिग उपाधिका जित्ने लक्ष्य रहेको थियो। सिजन अघि बढ्दै जाँदा, यो स्पष्ट थियो कि दुबै स्टार अझै उच्च स्तरमा थिए तर उनीहरु मध्ये कुनै पनि अब धेरै शीर्षमा छैनन्।

यी दुबै स्टार खेलाडी पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाइटेड जस्ता स्टार खेलाडीले भरिपूर्ण टोली रहेको क्लबमा अनुबन्ध भएपनि मेस्सी र रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने कुनै पनि क्लबले उपाधि जित्न सक्दैनन्। गत हप्ता, मेस्सीले रियल मड्रिड विरुद्ध खासै राम्रो प्रदर्शन गर्न नसक्दा पेरिस क्लब २-० को अग्रता लिएपनि समग्रमा ३-२ पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

गयराती क्रिष्टियानो रोनाल्डोको ओल्ड ट्राफोर्डमा एट्लेटिको मड्रिडविरुद्ध पनि त्यस्तै हालत भयो। खेलका यी दुई महारथीहरुले युरोपेली फुटबलमा प्रभुत्व जमाएको दिनहरू लामो समय बितिसकेका छन्। हाल उनीहरुको शिखरका दिनहरु याद गर्न बाहेक हामीसँग केही छैन किनकि यी दुई स्टारको चमक अब बिस्तारै फिक्का हुँदै गएको छ। आज, किलियन एम्बाप्पे वा एर्लिङ हालान्ड जस्ता अन्य खेलाडीहरूले आफ्नो उत्कृष्ट खेल खेलिरहेका छन्।

मेस्सी र रोनाल्डो दुबैले आफूले खेल खेलेसम्म आफ्नो टोलीको नेतृत्व गर्ने आशा गर्न सकिन्छ। यद्यपि, यो सिजन सम्भवतः सबै समयको उत्कृष्ट मानिने दुई खेलाडीहरूको लागि वास्तविकता जाँच थियो। यस सिजन दुबै खेलाडीको तथ्यांकले प्रमाणित गर्छ कि उनीहरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

गत सिजन पनि दुबै स्टारको टोली च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको थियो। लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोना गत सिजन उनको हालको क्लब पीएसजीसँग पराजित हुँदै बाहिरिएको थियो भने रोनाल्डोको युभेन्टस अन्तिम १६ मा पोर्टोसँग पराजित भएको थियो। यस्तोमा, लगातार दोस्रो सिजन पनि रोनाल्डो र मेस्सी च्याम्पियन्स लिग अन्तिम १६ बाट बाहिरिएका छन्।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१४:२०

लिभरपुललाई आर्सनलले तह लगाउन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?