भोलि होलीको दिन बन्दैछ इतिहास मै पहिलोपटक यस्ता राजयोग, यस्तो रहनेछ असर !

होली पर्वले धेरै खुसी र आनन्द ल्याउँछ। यस वर्ष नेपालका पहाडी क्षेत्रमा भोलि चैत्र ३ गते र तराई क्षेत्रमा पर्सी चैत्र ४ गते होली पर्व मनाइँदैछ। यो वर्ष होली पर्व विशेष छ। ज्योतिषशास्त्रको दृष्टिकोणले यस वर्षको होली ग्रहको यस्तो शुभ संयोगमा खेलिनेछ, जुन दुर्लभ छ।

बन्दैछ यस्ता तीन राजयोग 

चैत्र ३ गते होलीको दिन ग्रह र नक्षत्रको स्थिति यस्तो रहनेछ कि यस दिन ३ वटा राजयोग सृजना हुने भएका छन्। यस दिन गजकेशरी योग, वृष्ट योग र केदार योग बनाइन्छ। ज्योतिषीहरुको विश्वास गर्ने हो भने होलीमा ग्रहहरुको यस्तो शुभ संयोग कहिल्यै भएको थिएन। यस्तो शुभ योगमा होली पर्नु धेरै लाभदायक साबित हुनेछ।

यस्तो हुनेछ असर 

३ राजयोगको निर्माणले मान-सम्मान, पारिवारिक सुख र समृद्धि, उन्नति र वैभव ल्याउँछ। होलीको दिन बिहीबार हुनु निकै शुभ मानिन्छ। यसका साथै सूर्य पनि बृहस्पतिको राशि मीन राशिमा रहनेछ। समग्रमा, ग्रहहरूको यस्तो शुभ स्थितिले रोग, दुःख र समस्याहरू नष्ट गर्दछ। यसका साथसाथै शत्रुहरूमाथि पनि विजय प्राप्त हुनेछ।

यी राजयोगहरूमा मनाइने होलीको पर्वले मानिसहरूमा खुसी ल्याउनेछ। यो ग्रहयोगले होलीदेखि दीपावलीसम्म शुभ वातावरण कायम राख्नेछ। व्यवसायीका लागि यो समय निकै लाभदायक रहनेछ। वैदेशिक लगानी बढ्न सक्छ र अन्तर्राष्ट्रिय स्तरमा भइरहेको सुस्तता पनि अन्त्य हुनेछ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१४:२०

वर्षको अन्तिम महिना यी ७ राशिलाई रहनेछ अत्यन्त शुभ, हरेक क्षेत्रमा हुनेछ प्रगति !