२०७८ सालको अन्तिम महिना चैत्र कुन राशिलाई कस्तो रहला, हेर्नुहोस् !

मेष राशि 

यो महिनामा तपाईंको राशिको बाह्रौं भावमा सूर्यले गोचर गर्नाले मिश्रित फल प्राप्त हुनेछ। मित्रहरूले आपत पर्दा सक्कली रुप देखाउन सक्छन्। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। पारिवारिक समस्याले गर्दा तपाईंको मन चिन्तित रहनेछ। महिनाको अन्त्यतिर भने परिस्थिति अनुकूल हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा तपाईंले राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ।

वृष राशि 

यो महिनामा तपाईंको राशिको एघारौं भावमा सूर्यले गोचर गर्दा मेष राशिका मानिसले शुभ फल प्राप्त गर्नेछन्। धर्मकर्म तथा समाजसेवामा तपाईंको खुब मन लाग्नेछ। शैक्षिक क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। कला क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। समग्रमा भन्नु पर्दा यस राशिका मानिसको लागि वर्षको अन्तिम महिना शुभ रहनेछ।

मिथुन राशि 

कार्यक्षेत्रमा तपाईंको कामको निकै प्रशंसा हुनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटमा केही विशेष काम पूरा हुँदा तपाईंको मन प्रशन्न हुनेछ। लामो समयदेखि पूरा हुन नसकेका अधुरा कामहरु सरलताका साथ सम्पन्न हुनसक्छन्। यो महिना तपाईंको प्रेम सम्बन्ध निकै मजबूत हुनेछ। दाम्पत्य जीवन पनि निकै सुखमय रहनेछ।

कर्कट राशि 

कर्कट राशिका मानिसको लागि वर्षको अन्तिम महिना त्यति शुभ नरहला। सामाजिक क्षेत्रमा तपाईंले सफलता प्राप्त गर्न निकै कठीन होला। उच्च पदाधिकारीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन निकै कडा मेहनत गर्नु पर्ला। महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्नसक्छ, सजग रहनुहोला। महिनाको अन्तिममा स्वास्थ्यमा केही समस्या आउनसक्छ।

सिंह राशि 

आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। झन्झटिलो काममा तपाईंको समय बर्बाद हुनसक्छ, सावधान रहनुहोला। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो महिना त्यति अनुकूल नरहला। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनेछ। दाम्पत्य जीवन पनि त्यति सुखमय नरहला।

कन्या राशि 

यो महिनामा तपाईंको राशिको सातौँ भावमा सूर्यले गोचर गर्दा तपाईंलाई राम्रै फल मिल्नेछ। पारिवारिक सम्बन्ध निकै सुमधुर रहनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभुत्व रहनेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। वाहन लाभ मिल्ने सम्भावना रहेको छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा पनि राम्रो सफलता मिल्नेछ।

तुला राशि 

चैत्र महिना यस राशिका मानिसको लागि समग्रमा शुभ रहनेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईंले विशेष लाभ प्राप्त गर्न सक्नुहुनेछ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय निकै शुभ रहनेछ। कला क्षेत्रमा तपाईंको रुची बढ्नेछ। व्यापार-व्यावसायमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। आर्थिक स्थिति मजबूत रहनेछ।

वृश्चिक राशि 

नव दम्पतीका लागि सन्तान प्राप्तिको योग रहेको छ। शिक्षा क्षेत्रमा रहेका मनिसको लागि यो समय निकै शुभ रहेको छ। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। रमणीय तथा निकै फाइदाजनक यात्राको सम्भावना रहेको छ। पुँजी बजारले पनि साथ दिनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। यात्रा गर्दा सावधान रहनुहोला।

धनु राशि 

आफन्त तथा निकटका व्यक्तिबाट विशेष काममा सहयोग मिल्नेछ। आफ्नो बोलीको मधुरताले अरुको मन जित्न सकिनेछ। प्राविधिक कार्यमा सफलता प्राप्त हुनेछ। व्यवसायको शिलशिलामा यात्रा गर्नुपर्ने हुनसक्छ। पारिवारिक वातावरण सुखमय रहनेछ। वैदेशिक यात्रामा जाने मानिसको लागि पनि यो समय अनुकूल रहनेछ।

मकर राशि 

नयाँ काम सुरु गर्न चाहनुहन्छ भने यो महिना तपाईंको लागि शुभ रहनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त तथा साथी-भाइसँग रमणीय भेटघाट हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा संलग्न रहेका मानिसले आफ्नो कार्यमा सफलता प्राप्त गर्न सक्छन्। यो समयमा साहित्यिक क्षेत्रमा तपाईंको रुची बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ।

कुम्भ राशि 

कुम्भ राशिका मानिसका लागि यो महिनामा मिश्रित फल मिल्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने मौका मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। आफ्नै क्षमताको बलमा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। भौतिक सुखमा वृद्धि हुनेछ, तर कमजोरी बाहिर आउनाले नोकरीमा समस्या भने पर्न सक्छ।

मीन राशि 

कुनै कुराले यो महिना तपाईंको मनमा शान्ति छाउनेछ। पहिलेबाट रोकिएका अधुरा कार्यहरु पूरा हुनेछन्। नयाँ वस्त्र तथा शृंगारको सामग्री प्राप्त भएर तपाईं खुसी हुनुहुनेछ। कार्यक्षेत्रमा तपाईं आफ्नो प्रभुत्व जमाउन सक्नुहुनेछ। वैदेशिक यात्राको योग रहेको छ। आकस्मिक धन लाभ मिल्ने प्रवल सम्भावना रहेको छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१७:४०

मासिक राशिफल : चैत्र महिनाभर मनग्यै लाभ मिल्नेछ ६ राशिलाई, बाँकी राशिले भोग्नेछन् नसोचेका झमेला