अन्ततः युभेन्ट्सले पनि भिल्लारियल सामू घुँडा टेक्यो, च्याम्पियन्स लिगबाट आउट !

एजेन्सी – घरेलु मैदानमा लज्जास्पद हार बेहोर्दै इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

घरेलु मैदानमा दोस्रो लेगममा ३–० ले तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणबाटै नकआउट भएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

बुधबार राति भएको खेलमा भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे । एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लारियलले सबै तीन गोल दोस्रो हाफमा गरेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा रुगानीले फ्रान्सिस कोक्विलिनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै भिल्लारियललाई पेनाल्टी प्रदान गरेको थियो । ८५औं मिनेटमा पाउ टोरेसले सर्जी औरिएरको पासमा गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एर्नाउट डानजुमाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरे । म्याथ्थिज डि लेग्टले डानजुमालाई फउल गर्न पुगेपछि रेफ्रीले खेलमा भिल्लालाई दोस्रोपटक पेनाल्टी दिएको थियो

युभेन्ट्सले क्वाटरफाइनल पुग्न बराबरीको नतिजा पर्याप्त रहेपनि आफ्नो गल्तीमा गोल खान पुग्दा बाहिरिन बाध्य बन्यो । १–१ गोलको बराबरीमा रहँदा अवे गोलको फाइदा रहेको थियो । तर दोस्रो लेगमा युभेन्ट्स दोस्रो हाफमा निरिह बन्दै लज्जास्पद हार बेहोर्दै बाहिरिन पुग्यो ।

प्रकाशित : बिहिबार, चैत ०३, २०७८०८:१३

आर्सनललाई हराउँदै लिभरपुलले सिटीलाई पठायो चेतावनी ! [भिडियो सहित]