अंक दूरी एकमा घट्यो, तर अब बाँकी सबै खेल लिभरपुलका लागि फाइनल बराबर हुने !

एजेन्सी – प्रिमियर लिग उपाधि होडमा लिभरपुलले महत्वपूर्ण सफलता हाँसिल गरेको छ। केहि साता अगाडी मात्रै १० अंक भन्दा बढीको अंक दूरीलाई एकमा ल्याउन लिभरपुल सफल भएको छ।

लिभरपुलले बुधबार राति आर्सनललाई पराजित गर्यो। आर्सनलको घरेलु मैदानमा पोर्चुगिज फरवार्ड डिएगो जोटा र ब्राजिली मिडफिल्डर रोबर्टाे फिर्मिनोलेर्र गोल गर्दा लिभरपुलले तीन अंक सुरक्षित गर्यो।

तीन अंक बटुलेसँगै लिभरपुल शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्रै एक अंकले पछाडी छ। लिभरपुलको २९ खेलबाट ६९ अंक बनाएको छ। जबकी समान खेल खेलेको सिटीको भने ७० अंक रहेको छ।

अंक दूरी एकमा झरेसँगै लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टाराले सिजनका बाँकी सबै खेल फाइनल बराबर हुने बताएका छन्। खेल पछि पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिनेक्रममा थियागोले सिजनका बाँकी सबै खेल धेरै नै महत्वपूर्ण रहने बताएका हुन्।

अंक दूरी एकमा आएसँगै अब हरेक खेल फाइनल जस्तै हुने र आफूहरु सबै खेलमा गम्भीर हुनुपर्ने थियागोले बताए। बाँकी रहेका सबै खेलमा ध्यान केन्द्रित गर्न पर्ने दबावमा आफूहरु रहेको उनको भनाई छ।

“अहिले अंक दूरी एकमा झरेको छ। अब हरेक खेल फाइनल बराबर हुनेछ। हामी आफैंमा ध्यान केन्द्रित गर्नेछौँ र खेल पछि खेल राम्रो गर्ने प्रयास गर्ने छौँ। आजको खेलमा के कस्तो त्रुटी भए, त्यो पनि हामी केलाउनेछौँ।”,थियागोले भने।

प्रकाशित : बिहिबार, चैत ०३, २०७८०९:१५

बार्सिलोना युरोपा लिगको क्वाटरफाइनल पुग्न सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?