एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति क्याटलान क्लब बार्सिलोना र टर्किस क्लब गालाटासारे आमने-सामने हुँदैछन्। गालाटासारेको घरेलु मैदानमा बार्सिलोना र गालाटासारे आमने-सामने हुन लागेका हुन्।
आजको खेलमा दुवै टोली जित निकालेर क्वाटरफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछन्। पहिलो लगेमा दुवै टोलीको तर्फबाट कुनै पनि गोल भएको थिएन। गोलरहित बराबरी खेलेका कारण आजको खेल थापा प्रतिष्पर्धात्मक हुनेछ।
पहिलो लेगमा बार्सिलोनाले गालाटासारेलाई दवावमा राखेपनि गालाटासारेको रक्षापङ्ति तोड्न सकेको थिएन। बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण गरेको थियो। तर कुनै पनि प्रहारले पोस्ट भने चुम्न सकेनन्।
गालाटासारेसँगको पछिल्लो खेलमा गोल गर्न नसकेपनि बार्सिलोना पछिल्लो समय धेरै राम्रो लयमा छ। लालिगामा बार्सिलोना लगातार जित निकालिरहेको र खेल पछि खेल गोल गरिरहेको छ।
खेल कुन च्यानलमा हेर्ने ?
बार्सिलोना र गालाटासारे बीचको खेल नेपाली समय अनुसार ११ बजेर ३० मिनेटमा शुरु हुनेछ। यो खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। नेपालमा हुनेहरुले यो खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सक्नेछन्। ब

