नेपाली कांग्रेसलाई प्रचण्डको घुर्की, एमाले कार्ड खेल्ने दाउ !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग चुनावी गठबन्धन हुने सम्भावना अझै बाँकी रहेको बताएका छन्। बिहिबार बुटवलमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा प्रचण्डले एमालेसँग तालमेल हुने सम्भावनाको अन्त्य भइनसकेको बताएका हुन्।

प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले तत्काल एमालेसँग गठबन्धन गर्ने अवस्था नदेखिएपनि त्यसको पूरा सम्भावना टरिसकेको भन्न सकिने अवस्था नरहेको बताए। त्यसक्रममा प्रचण्डले राजनीति सम्भावनाहरूको खेल रहेको कुरालाई भुल्न नहुने उल्लेख गरे। एमालेसँग गठबन्धन हुन्छ-हुँदैन भन्ने कुरा नेपाली कांग्रेसको व्यवहारमा भरपर्ने प्रचण्डले बताए।

“मैले पहिला पनि भन्दै आएको छु, राजनीति सम्भावनाहरूको खेल हो भनेर। त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न। मालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर त्यो के हुन्छ भन्ने कुरा कांग्रेसको व्यवहारमा पनि भर पर्छ। अहिले केही कांग्रेसी नेताहरूले माओवादीसँग गठबन्धन गर्नै हुन्न भनेर अतिवादी कुरा गरिरहनु भएको छ।”,प्रचण्डले भने।

गम्भिर समस्या आएपछि संकटमा निकास दिन माओवादी जहिले पनि तयार रहने पनि प्रचण्डले बताए। नेपाली राजनीतिमा केहि पनि असम्भव नहुने प्रचण्डको भनाई छ।

उनले भने,”देशमा गम्भीर संकट आएका बेला माओवादी केन्द्र जति तीतोमीठो भए पनि सहज निकास दिन तयार हुने पार्टी हो। नेपाली राजनीतिमा असम्भव भन्ने हुँदैन, गठबन्धन जोगाउने वा बचाउने भूमिका कांग्रेसमा निर्भर छ।”

प्रकाशित : बिहिबार, चैत ०३, २०७८१२:५५

देशभर तापक्रम बढ्दै, सतर्कता अपनाउन आग्रह !