“युनाइटेड भन्दा आर्सनल धेरै राम्रो, शिर्षमा चारमा युनाइटेडको नो चान्स”

एजेन्सी – लिभरपुलका पूर्व खेलाडी जेमी कर्राघेरले म्यानचेस्टर युनाइटेड र टोटेनह्याम स्पर्स भन्दा आर्सनल राम्रो टोली रहेको बताएका छन्। एक टेलिभिजन कार्यक्रमका क्रममा कर्राघेरले आर्सनल युनाइटेड र टोटेनह्याम भन्दा राम्रो टोली रहेको बताएका हुन्।

लिभरपुल र आर्सनल बीचको खेल पश्चात स्काई स्पोर्ट्समा आफ्नो धारणा राख्दै आर्सनल एक फुटबल टोलीको रुपमा युनाइटेड र टोटेनह्याम भन्दा राम्रो देखिएको बताए। लिभरपुल विरुद्धको खेलले त्यो कुरालाई पुष्टि गरेको उनको भनाई छ।

“लिभरपुल विरुद्धको खेल हेर्दा आर्सनल पूर्ण टोली देखिएको छ। मलाई लाग्छ आर्सनल म्यानचेस्टर युनाइटेड र टोटेनह्याम भन्दा राम्रो टोली हो।”,कर्राघेरले स्काई स्पोर्ट्समा आफ्नो धारणा राखे।

युनाइटेड र स्पर्समा जस्तो कमाल गर्न सक्ने उत्कृष्ट खेलाडीहरु नभएपनि आर्सनलमा एक फुटबल टीमको रुपमा धेरै राम्रो रहेको कर्राघेर बताउँछन्। आर्सनलसँग मिलेको र राम्रोसँग प्रशिक्षण पाएको टोली रहेको कर्राघेरको भनाई छ। कर्राघेरले शिर्ष चारको प्रतिष्पर्धामा आर्सनल सफल हुने पनि संकेत गरे। उनका अनुसार शिर्ष चारमा युनाइटेड र स्पर्स भन्दा पनि आर्सनलको बढी सम्भावना छ।

उनले भने,”उनीहरू टोटनह्याम, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामसँग प्रतिष्पर्धा गरिरहेका छन्। तर यस प्रतिष्पर्धामा आर्सनल अगाडी देखिन्छ। आर्सनलसँग राम्रो प्रशिक्षण पाएको टोली छ।”

प्रकाशित : बिहिबार, चैत ०३, २०७८१५:५२

जीवनभर बार्सिलोनाबाट नखेल्ने रियल मिडफिल्डरको घोषणा !