जाभीको जादू चल्यो, उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनाको सानदार जीत !

एजेन्सी – टर्किस क्लब गालाटासारेमाथि पूनरागमन जित निकाल्दै क्याटलान क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बार्सिलोनाले प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।इस्तानबुलमा बिहीबार राति भएको खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे । घरेलु टोलीका मार्काओको गोल सान्त्वना बन्यो ।

पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको २८औं मिनेटमा मार्काओको गोलबाट घरेलु टोली गालाटासारेले १–० को अग्रता लिन सफल भएको थियो । उनले एलसान्द्रु सिकाल्डोउको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए ।

तर त्यो अग्रतालाई गालाटासारेले जोगाउन सकेन । एक गोलले पछि परेको बार्सिलोनाले ३७औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । पेड्रीले फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । उनले ४९औं मिनेटमा फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले पूनरागमन जित निकाल्दै नकआउट चरणमा पुग्न सफल भयो ।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१०:३४

विश्वकप प्लेअप खेल्ने पोर्चुगलको टोली सार्वजनिक: परेनन् दुई ठूला स्टार, को-को परे ?