ज्योतिषशास्त्रका अनुसार सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह शनिदेव हो। शनिले साढे दुई वर्षमा एक पटक मात्र आफ्नो राशि परिवर्तन गर्ने गर्छ। सन् २०२१ मा शनिले एकपटक पनि राशि परिवर्तन गरेको थिएन तर अब २०२२ मा भने शनिले दुई पटक राशि परिवर्तन गर्न लागेको छ।

वास्तवमा, एक पटक त शनिले सामान्य रूपमा राशि परिवर्तन गर्नेछ। अर्थात् अप्रिल २९ बाट शनिदेवले राशि परिवर्तन गर्दै मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछन् तर जुन ५ बाट वक्री चाल चल्दै मकर राशिमा फर्किनेछन्। यसपछि शनि १७ जनवरी २०२३ सम्म मकर राशिमा रहनेछन्। त्यसपछि फेरि कुम्भमा आउनेछन्। न्यायको देवता मानिने तथा ज्योतिषशास्त्रमा सबैभन्दा महत्त्वपूर्ण ग्रह मानिने शनिको दुई पटक राशि परिवर्तनले मानिसको जीवनमा ठूलो प्रभाव पार्नेछ। सन् २०२२ मा शनिको दुई पटक राशि परिवर्तन हुनु ४ राशिका व्यक्तिका लागि निकै शुभ साबित हुनेछ।
मेष राशि

मेष राशिका लागि शनिको राशि परिवर्तन निकै शुभ रहनेछ। सबै कुरामा सफलता मिल्नेछ। पदोन्नति तथा तलब वृद्धि मिल्नेछ। मान सम्मान मिल्नेछ। नयाँ काम पाउन सकिनेछ। कार्यस्थलमा सम्बन्ध सुमधुर रहनेछ।
वृष राशि

वृष राशिका व्यक्तिहरूलाई अप्रिल २९ पछि भाग्यको पूर्ण साथ मिल्नेछ। तपाईंको कडा मेहनतले यस समयमा पूरा रङ्ग ल्याउनेछ। मन लागेको काम पाउन सकिन्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। धेरै प्रशंसा र पदोन्नति हुनेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ।
धनु राशि

धनु राशि हुनेहरुका लागि यो समय धेरै धनलाभ ल्याउनेछ। यस समयमा तपाईंको आर्थिक स्थिति निकै मजबूत हुनेछ। वैदेशिक यात्रा हुनसक्छ। विशेषगरी व्यवसायीका लागि यो समय निकै लाभदायी साबित हुनेछ।
मकर राशि
![]()
मकर राशिका लागि पनि यो समय निकै शुभ रहनेछ। मनग्य धन लाभ हुनेछ। पेशा–व्यवसायका लागि यो समय निकै राम्रो रहनेछ। नयाँ काम पाउन सकिनेछ। पुरानो जागिरमा बढुवा वा तलब वृद्धि मिल्नेछ। साथै, यो समय व्यवसायीहरूका लागि धेरै लाभदायक हुनेछ।

