प्रिमियर लिगमा भयो अचम्मको घटना, दर्शकले आफैंलाई पोस्टमा बाँधे !

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टन र न्युकासलबीचको खेलमा एक दर्शकले आफैंलाई पोस्टमा बाँधेपछि खेल ७ मिनेट रोकिन पुगेको छ ।

दोस्रो हाफको ५७ औं मिनेटमा बेलायती सरकारको विरुद्धमा उत्रेको ‘जस्ट स्टप ओइल’ नामक संस्थाका २१ वर्षीय लुइसले आफैंलाई पोस्टमा बाँधेका थिए । उनले घाँटीमा प्लास्टिकको लकलाई पोस्टमा लगाएका थिए । उनलाई त्यहाँबाट निकाल्न टनलबाट उपकरण ल्याउनु परेपछि खेल ७ मिनेट रोकिएको थियो ।

विरोधकर्तालाई फुकाउने बितिक्कै एक एभर्टन समर्थकले मैदानभित्र पसेर उनीमाथि आक्रमण गर्न खोजेका थिए । तर सुरक्षा व्यवस्था राख्न तैनाथ स्टेवार्डले उनलाई पनि समाते । विरोध गर्ने संस्थाले सरकारले तेलको प्रयोगमा समाज अतिनिर्भर भइरहेको अवस्थामा पनि कुनै कदम नचालेकोमा विरोध गरेको बताएको छ ।

यसअघि बुधबार पनि प्रिमियर लिगको आर्सनल र लिभरपुलको खेलमा यसै समूहका एक व्यक्तिले विरोधको प्रयास गरेका थिए । तर उनले आफैंलाई पोस्टमा बाँध्न नसकेपछि स्टेवार्डले उनलाई एकछिनमा नै मैदानबाहिर लागेका थिए ।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१२:३९

युनाइटेड नछाड्ने रोनाल्डोको निर्णय, अर्को सिजन सम्भव सबै उपाधि जित्ने योजना !