च्याम्पियन्स लिग र युरोपा लिगको ड्र आज हुँदै, नेपाली समयमा यसरी हेर्नुहोस् लाइभ !

च्याम्पियन्स लिग र युरोपा लिगको क्वार्टरफाइनलको ड्र शुक्रबार, मार्च १८ अर्थात आज हुँदैछ। प्रतियोगिताको यस चरणबाट कुनै सीडिङ हुनेछैन, जसको कारण अबको चरणदेखि एकै देशका दुई टोली पनि एक-अर्काको आमने सामने हुनसक्छन्। जस्तै: म्यानचेस्टर सिटीले चेल्सी वा लिभरपुल दुबैसँग खेल्न सक्नेछ भने रियल म्याड्रिडले एथलेटिको म्याड्रिड वा भिल्लारियल दुबैको सामना गर्न सक्छ।

सबै ड्र स्विट्जरल्याण्डको न्योनमा रहेको युइएफएको हाउस अफ युरोपियन फुटबलमा हुनेछ।

च्याम्पियन्स लिगको ड्र कहिले हुन्छ र कुन टोलीहरू बाँकी छन्?

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र नेपाली समय अनुसार साँझ ४:४५ मा हुनेछ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलका टोलीहरु: एथलेटिको मड्रिड (स्पेन), बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), चेल्सी (इङ्ल्यान्ड), लिभरपुल (इङ्ल्यान्ड), म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), रियल म्याड्रिड (स्पेन), भिल्लारियल (स्पेन)।

प्रत्येक खेलमा ड्र गरेको पहिलो टोलीले आफ्नो घरेलु खेल पहिलो लेग ५ र ६ अप्रिलमा खेल्नेछ भने दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ। सेमिफाइनलका पहिलो लेग २६ र २७ अप्रिलमा र दोस्रो लेग ३ र ४ मेमा हुनेछन्।

पेरिसको स्टेड डे फ्रान्सले शनिबार, मे २८ मा फाइनलको आयोजना गर्नेछ जुन युक्रेनमा रूसको आक्रमण पछि सेन्ट पिटर्सबर्गबाट सारिएको थियो।

युरोपा लिगको ड्र कहिले हुन्छ र कुन टोलीहरू बाँकी छन्?  

च्याम्पियन्स लिगमा जस्तै, क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल ड्र सबै शुक्रबार नेपाली समय अनुसार ६:१५ मा हुनेछ, च्याम्पियन्स लिगको ड्र समाप्त भएपछि। त्यस्तै, युरोपा लिगमा पनि अबको चरणबाट कुनै सीडिङ हुनेछैन। दुई लेगको क्वार्टरफाइनल ७ र १४ अप्रिलमा हुनेछ, सेमिफाइनल २८ अप्रिल र ५ मेमा हुनेछ र फाइनल १८ मे बुधबार सेभिल्लाको रामोन सान्चेज-पिज्जुआन स्टेडियममा हुनेछ।

युरोपा लिगको क्वार्टरफाइनल टोली: एटलान्टा (इटाली), बार्सिलोना (स्पेन), ब्रागा (पोर्चुगल), इनट्राक्ट फ्रान्कफर्ट (जर्मनी), लियोन (फ्रान्स), रेंजर्स (स्कटल्याण्ड), आरबी लाइपजिग (जर्मनी), वेस्ट ह्याम (इंग्ल्याण्ड)।

कसरी हेर्ने त लाइभ ड्र ? 

दुबै ड्र भारतीय टेलिभिजन नेटवर्क सोनी टेन नेटवर्कमा अ प्रत्यक्ष हेर्न सकिनेछ।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१३:४७

सन् २०२२ लागेपछि आगो भए यी पाँच खेलाडी, एकाएक भएको सुधार देखेर सबै छक्क !