सन् २०२२ लागेपछि आगो भए यी पाँच खेलाडी, एकाएक भएको सुधार देखेर सबै छक्क !

एजेन्सी – सन् २०२२ को तेस्रो महिना सकिनै लाग्दा युरोपा धेरै फुटबल लिगहरु रोचक मोडमा पुगेका छन्। सन् २०२१ को अन्त्यमा कम्जोर देखिएका क्लबहरु अहिले बलियो अवस्थामा छन् भने पहिला बलियो देखिएका क्लब अहिले कम्जोर भएका छन्।

त्यस्तै सन् २०२१ मा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका केहि खेलाडीहरु अहिले उच्च लयमा छन्। आज यहाँ सन् २०२२ लागेपछि प्रदर्शनमा उल्लेख्य सुधार गरेका खेलाडीहरु बारे चर्चा हुँदैछ। सन् २०२२ लागेपछि सबैलाई आश्चर्यचकित बनाइरहेका खेलाडी निम्न छन्।

जाडोन सान्चो

म्यानचेस्टर युनाइटेडले सान्चोलाई गत वर्ष भित्र्याएको हो। सान्चोका लागि युनाइटेडले झन्डै ८५ मिलियन युरो खर्च गरेको थियो। उनले सन् २०२१ भर त्यति राम्रो प्रदर्शन गर्न सकेनन्। तर नयाँ वर्ष सन् २०२२ शुरु भएसँगै उनी क्रमिक रुपमा सुधारिएको प्रदर्शन गरिरहेका छन्। राल्फ राङ्निकको आगमनले सान्चोको प्रदर्शनमा सुधार ल्याएको हो। जनवरी देखि उनले युनाइटेडक लागि तीन गोल गर्दै तीन असिस्ट दिसकेका छन्।

उसमान डेम्बेले

उसमान डेम्बेलेको बार्सिलोना बसाई एक हिसाबले फ्लप रह्यो। सन् २०१७ मा बार्सिलोना पुगेयता उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। शरीरले साथ नदिँदा डेम्बेलेले बार्सिलोनामा कमै मात्र मौका पाउने गरेका थिए। तर सन् २०२२ लागेपछि भने डेम्बेले छुट्टै लयमा देखिएका छन्। जनवरी यता डेम्बेलेले तीन खेलमा एक गोल र पाँच असिस्ट दिसकेका छन्।

फिलिपे काउटिन्हो

डेम्बेले जस्तै काउटिन्हो पनि बार्सिलोनामा फ्लप सावित भएका खेलाडी हुन्। खासै प्रयोगमा नआएपछि बार्सिलोनाले उनलाई जनवरी ट्रान्सफर विन्डोमा उनलाई प्रिमियर लिग फिर्ता पठाएको थियो। प्रिमियर लिग क्लब एस्टन भिल्ला पुगेपछि उनी उच्च लयमा देखिएका छन्। भिल्ला पुगेयता उनले ९ खेलमा ४ गोल गरिसकेका छन् भने ३ असिस्ट दिएका छन्।

पिएरे इमरिक औवामियाङ

जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब आर्सनलबाट बार्सिलोना आइपुगेका पिएरे इमिरिक औवामियाङ उच्च लयमा देखिएका छन्। सहजै बार्सिलोनाको टीममा स्थापित हुन सफल औवामियाङ राम्रो लयमा देखिएका हुन्। आर्सनलका प्रशिक्षक र अधिकारीहरुसँग सम्बन्ध बिग्रिएपछि औवामियाङले धेरै खेलमा त्यहाँ मौका पाएका थिएनन्। तर बार्सिलोना आइपुगेपछि भने औवामियाङ छुट्टै स्तरको खेल प्रदर्शन गरिरहेका छन्। बार्सिलोनाला लागि सबै प्रतियोगितामा उनले ७ गोल गरिसकेका छन्।

ह्यारी केन

पछिल्ला सिजनहरुमा धेरै राम्रो प्रदर्शन गरिरहेका केन सन् २०२१-२२ को सिजन शुरु हुँदा कम्जोर लयमा देखिएका थिए। केनले कयौं महिना गोल नै गर्न सकेनन्। तर सन् २०२२ लागेपछि भने उनी उच्च लयमा देखिएका छन्। डिसेम्बर सम्म मात्रै ४ गोल गरेका उनले जनवरी यता ८ गोल गरिसकेका छन्।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१३:५३

रोनाल्डोका बुडा घुँडामा पोर्चुगलको विश्वकप खेल्ने सपना !