पेड्रीको यो उत्कृष्ट गोल, जसले बार्सिलोना समर्थकलाई मेस्सीको याद दिलायो …[भिडियो सहित]

एजेन्सी – युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगमा बिहिबार क्याटलान क्लब बार्सिलोनाले टर्किस क्लब गालाटासारेलाई पराजित गर्यो। पछि परेको अवस्थामा समेत बार्सिलोनाले पूनरागमन गरेको थियो।

खेलको २८औं मिनेटमा मार्काओको गोलबाट घरेलु टोली गालाटासारेले अग्रता लिएको थियो। उनले एलसान्द्रु सिकाल्डोउको पासमा हेडमार्फत गोल गरेका थिए। गालाटासारेले अग्रता लिएपनि बार्सिलोनालाई खेलमा फिर्ता गराउने कार्य युवा स्टार पेड्रीले गरे।

पेड्रीले फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए। टोरेसले दिएको बललिई बक्स भित्र नियन्त्रणमा लिएपछि पेड्रीले गालाटासारेका डिफेन्डरहरुलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए।

गालाटासारेका दुई खेलाडीलाई बिट गर्दै बल अगाडी बढाएर पेड्रीले बल रोक्न अगाडी बसेका दुई डिफेन्डर र गोलरक्षकलाई छक्याएर गोल गरेका थिए। पेड्रीको सो गोल अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।

सो गोलले बार्सिलोनाका समर्थकहरुलाई लियोनेल मेस्सीको याद दिलाएको छ। धेरै बार्सिलोना समर्थकले पेड्रीमा मेस्सी जस्तो गोल गर्न सक्ने क्षमता देखिएको टिप्पणी गरिरहेका छन्।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१५:२०

ड्यानी आल्भेस भन्छन्: “मेस्सी पीएसजीमा एक रत्ति पनि खुसी छैनन्, देख्न सकिन्छ”