ड्यानी आल्भेस भन्छन्: “मेस्सी पीएसजीमा एक रत्ति पनि खुसी छैनन्, देख्न सकिन्छ”

लियोनेल मेस्सीको लामो समयदेखि बार्सिलोना टोलीका साथी ड्यानी अल्भेसले पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँग आवद्ध भएको एक वर्षभन्दा कम समयपछि क्याम्प नोउ फर्कने ढोका खोलेका छन्।

बार्सिलोना छाडेर फ्रान्सेली राजधानी जाने अर्जेन्टिनी स्टारको निर्णयले विश्व फुटबलमा स्तब्धता ल्याएको थियो, धेरैले ७ पटकको ब्यालोन डी ओर विजेताको आगमनले पीएसजीलाई अपराजित बन्ने सुनिश्चित गर्नेछ भन्ने धारणा राखेका थिए। तर फ्रेन्च लिगमा राम्रो प्रदर्शन गरेपनि युरोपियन अभियान भने निकै खराब तरिकाले समाप्त भएको छ। पीएसजी पहिलो लेगमा १-० को अग्रता लिएपनि दोस्रो लेगमा रियल म्याड्रिडसँग ३-१ ले पराजित हुँदै समग्रमा ३-२ को हारसँगै पेरिस क्लब प्रतियोगिताको अन्तिम १६ बाट नै बाहिरियो।

च्याम्पियन्स लिग उपाधि जित्ने प्रमुख लक्ष्यका साथ मेस्सीलाई अनुबन्ध गरेको पीएसजी प्रतियोगिताबाट बाहिरिएपछि क्लब समर्थकले मेस्सी र नेयमारलाई बु… समेत गरेका थिए। जसपछि फ्रान्समा निकै खराब प्रदर्शन गरिरहेका मेस्सीले पीएसजी छाड्ने चर्चाले विश्व फुटबल पुन: तातेको छ। ३४ वर्षीय स्टारका बुबा तथा एजेन्ट जर्ज मेस्सीले बार्सिलोनालाई क्लबमा फिर्ता ल्याउने सम्बन्धमा बार्सिलोनासँग सम्पर्क गरेको बताइएको छ।

क्लबका रेकर्ड खेल उपस्थिति र रेकर्ड गोलकर्ताको रूपमा मेस्सीले गत सिजन ला लिगाको आर्थिक नियमहरूको कारण नयाँ सम्झौतामा हस्ताक्षर गर्न असमर्थ भएपछि पीएसजी प्रस्थान गरेका थिए। तर क्याम्प नोउमा मेस्सीसँगै ३४९ पटक खेलेका आल्भेसले आफ्नो पुरानो साथी आफ्नो वर्तमान टोलीमा खुसी नरहेको खुलासा गरेका छन्।

“मेरो लागि मेस्सी पीएसजीमा खुसी छैनन्, किनकि लियोले कुनै पनि खेललाई विशेष बनाउँछन्, र उनले आफूले राम्रो समय बिताउँदा यसो गर्छन्, किनभने जब मेस्सीले राम्रो समय बिताउँछन्, अरूले यसको मज्जा लिन्छन्,” आल्भेसले ईएसपीएनलाई भने।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१६:०८

हाल विश्वका ५ सर्वोत्कृष्ट अर्जेन्टिनी खेलाडी, मेस्सी रहेनन् नम्बर एक !