भोलि माघ ९ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

 तपाईको स्वास्थ्य खराब होला र रिस नियन्त्रण गर्नुहोला । अफिसमा अधिकारी र घरमा कुटुम्ब तथा विरोधीको तर्फबाट वादविवादमा पर्नुहुनेछ  त्यसैले मौन रहनुहोला । कुनै धार्मिक कार्यमा वा  धार्मिक स्थानमा जाने अवसर आउनेछ ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

अत्यधिक कार्यभार र खानपानमा  लापरवाही गर्दा तपाईको  स्वास्थ्य खराब हुनेछ। समयमा नै भोजन र निन्द्रा अपुग्नाले मानसिक बेचैनी अनुभव हुनेछ । योग ध्यान र आध्यात्मिक पठनले  राहत दिनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

मोज- मस्ती र मनोरंजनको  प्रवृत्तिमा तपाईको   विशेष रुचि रहनेछ । सार्वजनिक जीवनमा मान प्रतिष्ठा वृद्धि हुनेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण बढ्नेछ । सार्वजनिक जीवनमा  मान- सम्मानको अधिकारी बन्नुहुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

 तपाईको दिन खुशी र सफलताले बित्नेछ । परिवारमा  सुख-शान्ति रहनेछ । स्वास्थ्य राम्रो  रहनेछ। आर्थिक लाभ हुनेछ । आवश्यक खर्च होला । तपाईको दिन सुखमय रहेको छ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

 शारीरिक र मानसिक स्वस्थताका साथ काम गर्नुहुनेछ । सिर्जनात्मक  प्रवृत्तिमा  विशेष मन रहनेछ । साहित्य र कलाको क्षेत्रमा केहि नयाँ  सिर्जना गर्ने प्रेरणा मिल्नेछ । प्रेमीजन एवं प्रिय व्यक्तिसँग भेट हुनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

शारीरिक स्वास्थ्यको सम्बन्धमा केहि टिपोट रहनेछ । मनमा चिन्ताको बोझ रहनाले मानसिक बेचैनीको अनुभव हुनेछ। पारिवारिक सदस्यसँग मनमुटाव होला । आमाको स्वास्थ्यको  सम्बन्धमा चिन्ता पैदा हुनेछ । पढाईको लागि अनुकूल समय रहेको छैन ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

वर्तमान समयमा  भाग्यवृद्धि हुनाले साहस र कार्य हातमा लिनाले शुभ दिन रहनेछ । परिवारमा भाईसँग  आत्मीयता र मेल- मिलाप रहनेछ । विदेशबाट शुभ  समाचार मिल्नेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

 नकारात्मक मानसिक वृत्ति टाल्नुहोला । पारिवारिक सदस्यसँग संघर्षबाट बच्नुहुनेछ । स्अवास्नाथ्वय सम्श्यबन्कधि टिपोट रहनेछ भने खर्च पनि नियन्त्रण गर्नुहुनेछ । विधार्थीको पढाईमा अवरोध आउनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको  निर्धारित कार्यमा  सफलता र आर्थिक लाभ होला । आफन्तसँगको भेटले तपाईलाई हर्षित गर्नेछ । दाम्पत्यजीवनमा  निकटता र मधुरताको अनुभव गर्नुहुनेछ । समाजमा तपाईको मानसम्मान र प्रसिद्दी  वृद्धि  हुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

 मित्र वर्ग, विशेष रूपले  स्त्री मित्रबाट तपाईलाई लाभ हुनेछ। समाजमा  ख्याति र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ। श्रीमती  र छोराको तर्फबाट सुख शान्ति र सन्तोष अनुभव हुनेछ । यात्रा र  वैवाहिक संयोग निर्मित हुनेछ । तन-मनबाट आनन्दित रहनुहुनेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

मांगलिक कार्य र नयाँ कार्य गर्आनको लागि अत्यन्त  शुभ दिन रहेको छ । अविवाहितको  विवाह हुनेछ । श्परीमती र सन्त्नीतानको शुभ समाचार मिल्नेछ । गृहस्थजीवन र दाम्पत्यजीवनमा  सुख र सन्तोषको भावना अनुभव हुनेछ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाईको दिन शुभ फलदायक रहेको छ । कामको कुरा गर्दा  सफलता र उच्च पदाधिकारिको  प्रोत्साहनले तपाईलाई खुशी राख्नेछ । बुबा वा वृद्दबाट  तपाईलाई लाभ हुनेछ भने तपाईको स्वास्थ्य खराब हुनछ । परिवारमा  सुख- शान्ति रहनेछ ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१४:३८

भोलिको दिन कस्तो रहला? हेर्नुहोस् माघ १० गतेको राशिफल !