अझै पनि निर्णायक गोलका राजा हुन् रोनाल्डो, सलाह-लेवान्डोस्की पनि धेरै पछि परे ! [सूची]

एजेन्सी – सन् २०२१-२२ को फुटबल सिजन अन्त्य तर्फ अगाडी बढ्दै छ। युरोपका शिर्ष लिगहरु सकिन लगभग २ महिना मात्रै छ। आउने दुई महिनामा युरोपका सबै लिगका विजेताहरुको टुंगो लाग्नेछ।

लिगहरु निष्कर्ष तर्फ अगाडी बढ्दै गर्दा प्रतिष्पर्धा पनि जटिल बन्दै गइरहेको छ। यस समय सम्म आइपुग्दा कमै मात्र खेलाडीहरुले आफ्नो लयलाई एकरुपता दिन सकेका छन्। आज यहाँ सबै भन्दा बढी निर्णायक गोल गर्न सकेका खेलाडीहरु बारे चर्चा हुँदैछ।

रोबर्ट लेवान्डोस्की

रोबर्ट लेवान्डोस्की निसन्देह विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्। सन् २०१४ देखि बायर्न म्युनिखमा रहेका उनी निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन्। उनले बुन्डेसलिगाका २९ गोल गरिसकेका छन्। घरेलु लिगमा जारी सिजनमा उनले जति कसैले पनि गोल गरेको छैन। त्यसमध्ये उनले ६ निर्णायक गोल गरेका थिए। ती ६ गोलका कारण बायर्नले खेल जितेको थियो।

मोहम्मद सलाह

सन् २०१७ मा लिभरपुल आएयता सलाह क्लबका मुख्य खेलाडीको रुपमा उदाएका छन्। सिजन पछि सिजन उनले आफूलाई उत्कृष्ट बनाउँदै अगाडी बढाएका छन्। सलाह अहिले प्रिमियर लिगका शिर्ष गोल कर्ता पनि हुन्। प्रिमियर लिगमा उनले २० गोल गरिसकेका छन्। त्यसमध्ये सलाहका ७ गोल निर्णायक थिए।

एर्लिङ हालाण्ड

बोरुसिया डर्टमण्डका स्ट्राइकर हालाण्डले विगत तीन सिजन देखि धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। शरीरले खासै साथ नदिएपनि उनले बुन्डेसलिगाको जारी सिजनमा १६ गोल गरिसकेका छन्। त्यसमध्ये ७ गोल निर्णायक थिए।

करिम बेन्जेमा

करिम बेन्जेमा यति बेला करियरकै उत्कृष्ट फर्ममा छन्। बेन्जेमाको उच्च प्रदर्शनकै कारण रियल म्याड्रिड यति बेला लालिगाको शिर्ष स्थानमा छ। बेन्जेमाले लालिगामा यस सिजन २२ गोल गरिसकेका छन्। त्यसमध्ये ८ गोल निर्णायक थिए।

क्रिस्टियानो रोनाल्डो

यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो उत्कृष्ट फर्ममा नभएपनि राम्रो प्रदर्शन गरिरहेका छन्। प्रिमियर लिगमा रोनाल्डो दोस्रो सर्वाधिक गोल कर्ता रहेका छन्। उनले अहिले सम्म १२ गोल गरिसकेका छन्। त्यसमध्ये उनका ९ गोल निर्णायक थिए।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१४:३४

“एक अंकले भएपनि अगाडी छौँ, १४ दिन शिर्ष स्थानमा मस्त सुत्ने हो”