बार्सिलोनाको खेल अगाडी रियललाई कडा झड्का !

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमाले एकक्लासिको गुमाउन पक्का भएको छ। केहि दिन अगाडी घाइते भएका बेन्जेमाले आइतबार राति हुँदै गरेको एकक्लासिको गुमाउन भएका हुन्।

बेन्जेमाको चोट त्यति गम्भीर नभएपनि उनी बार्सिलोना विरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्। बेन्जेमा चोट मुक्त हुन अझै केहि केहि दिन लाग्ने रियल म्याड्रिड निकट एक श्रोतले जनाएको स्पेनिस मिडियाहरुको दावी छ।

बेन्जेमा गत मंगलबार राति रियल मल्लोर्का विरुद्धको खेलमा घाइते भएका थिए। त्यसबेला उनको चोट सामान्य भएको बताइएको थियो। रियलले उनी बार्सिलोना विरुद्धको खेलमा उपलब्ध हुने आशा राखेको थियो। तर हालका लागि उनी उपलब्ध हुने छैनन्।

बार्सिलोना बेन्जेमाका लागि चौंथो मनपर्ने प्रतिद्वन्दी हो। उनले आफ्नो करियरमा बार्सिलोना विरुद्ध आफ्नो करियरमा ११ गोल ​​गरेका छन्। त्यस्तै बार्सिलोना विरुद्ध उनले अहिले सम्म १० असिस्ट पनि दिसकेका छन्।

एन्सेलोटीले जोखिम नलिने

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी बेन्जेमालाई पूर्ण रुपमा फिट नहुँदा प्रयोग गरेर जोखिम लिने मुडमा छैनन्। एन्सेलोटी बेन्जेमा च्याम्पियन्स लिगका लागि पूर्णरुपमा फिट हुन् भन्ने चाहन्छन्, जसकारण बेन्जेमालाई अहिले नै मैदानमा उतारेर जोखिम लिने उनको योजना छैन।

एन्सेलोटीले पछिल्लो पटक पनि यस्तै गरेका थिए। बेन्जेमा पछिल्लो पटक घाइते हुँदा एन्सेलोटीले उनलाई लालिगाका खेलहरुमा प्रयोग नगरी सिधै च्याम्पियन्स लिगमा प्रयोग गरेका थिए। उनको सो प्रयोगले काम पनि गरेको थियो। बेन्जेमाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा ह्याट्रिक नै गरेका थिए।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१८:१५

एलक्लासिको अगाडी जाभीको प्रशंसामा उत्रिए एन्सेलोटी, जे भने सहि भने !