चार दल एक हुने अवस्थामा पनि किन डराइरहेको छैन एमाले ?

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गर्दै आएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

तर, एमाले विभाजित भएकाले विगतकै विरासत धान्न नेकपा एकीकृत समाजवादी चुनौतीको रूपमा देखिएको छ । एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान तीव्र रूपमा अघि बढाएको छ ।

एमालेका नेता शेरबहादुर तामाङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै भन्नुभयो– ‘सत्तारूढ दलसँगै एमाले एक्लै चुनाव लड्न तयार छ, एमालेले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने क्षमता राख्दछ ।’

त्यसै गरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । विगतको भन्दा यसपटक स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने गरी कांग्रेसले ‘घर–घर जाऔं’ भन्ने नारासहित एक महिने अभियान अघि बढाएको छ । कांग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८०८:४१

म्यादी प्रहरी बन्नेको लर्को, ४० दिने कामको तलब कति ?