सिरी ‘ए’ उपाधिका लागि कडा टक्कर: मिलान र नेपोलीको जित, इन्टर रोकियो !

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दौडमा रहेका एसी मिलान र नेपोलीले सफलता हात पार्दा इन्टर मिलान भने बराबरीमा रोकिएको छ ।

मिलानले घरेलु टोली क्याग्लिएरीमाथि १–० को झिनो जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । मिलानको जितमा दोस्रो हाफमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो । ृनले ५८औं मिनेटमा ओलिभर जिरुउडको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै मिलानले उपाधि होडलाई थप मजवुत बनाउँदा दोस्रो स्थानको नेपोलीलाई ३ अंकले पछि पारेको छ । मिलानको ३० खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै नेपोलीको ६३ तथा एक खेल कम खेलेको इन्टरको ६० अंक छ । पराजित क्याग्लिएरी २५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

अर्काे खेलमा भिक्टर ओसिमहेनको दुई गोल मद्दतमा नेपोलीले उडिनेसमाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्षस्थानको मिलानमाथि दवाव बढाएको छ ।

उडिनेसले २२औं मिनेटमा जेरार्ड डेउलोफेउको गोलबाट अग्रता लिदा नेपोलीले ५२औं मिनेटमा भिक्टर ओसिमहेनको गोलबाट बराबरी तथा ६३औं मिनेटमा उनकै गोलबाट पूनरागमन जित निकाल्न सफल भयो ।

यो जितसँगै नेपोलीले शीर्षस्थानको एसी मिलानसँगको अंक दुरी ३ मै कायम राखेको छ । मिलानको ६६ तथा नेपोलीको ६३ अंक छ । पराजित उडिनेस २८ खेलबाट ३० अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्काे खेलमै शीर्ष दौडमा रहेको इन्टर मिलान घरेलु मैदानमा फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । लुकास टोरेइराको गोलबाट फियोरेन्टिनाले ५०औं मिनेटमा अग्रता लिएपनि ५५औं मिनेटमा डेन्जेल डमफ्रेजे गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।

यो बराबरीपछि इन्टर २९ खेलबाट ६० अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । फियोरेन्टिना ४७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८०९:०१

पोचेटिनो भन्छन् – ‘रियलसँग हारेपछि राम्रोसँग निन्द्रा पनि लाग्न सकिरहेको छैन’