मेस्सी फिर्ती बारे बोले जाभी, भन्छन्-“बार्सिलोनामा मेस्सीको लागि सधैं ढोका खुल्ला छ”

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आइतबार हुने रियल म्याड्रिड विरुद्धको एल-क्लासिको खेलको नतिजाले लालिगा उपाधि दौडमा कुनै प्रकारको प्रभाव नपार्ने दाबी गरेका छन्। पूर्व बार्सिलोना खेलाडीले आफ्नो टोलीले म्याड्रिड विरुद्धको खेल लिग उपाधिका लागि भन्दा पनि टोलीको आत्मविश्वासका लागि निकै महत्वपूर्ण हुने बताएका छन्।

बार्सिलोनाका मुख्य प्रशिक्षकलाई लियोनल मेस्सीको क्याम्प नोउमा फिर्ता हुने सम्भावना बारे पनि प्रश्न गरिएको थियो। “उनी इतिहासकै उत्कृष्ट हुन् र बार्सिलोनामा उहाँलाई सधैं स्वागत गरिनेछ,” उनले प्रेसलाई भने, “जबसम्म म प्रशिक्षक छु, उनले हरेक दिन यहाँ आउन चाहन्छन् भने उनलाई स्वागत छ। मलाई लाग्छ कि हामीले उनलाई धेरै कुरा दिन बाँकी रहेको छ।”

“उनको पीएसजीसँग सम्झौता छ र हामीले भन्न सक्ने थोरै छ। जस्तो कि उनी यहाँ हरेक दिन प्रशिक्षण सत्रहरू हेर्न र प्रशिक्षकसँग कुरा गर्न चाहन्छन्। उनले हामीलाई जे दिएका छन् त्यो अमूल्य छ।”

जाभीले खेलको प्रतिक्षामा रहेको भन्दै आफ्नो टोलीले म्याड्रिडबाट कठिन खेलको अपेक्षा गरेको र जीतका लागि पनि तयार रहेको बताएका छन्। “यो धेरै विशेष छ। यो एक कठिन र जटिल खेल हो। त्यहाँ खेल्न सधैं गाह्रो छ। हामी आक्रमण गर्न जाँदैछौं र तीन अंक प्राप्त गर्न खेल्नेछौं,” उनले भने।

बार्सिलोना लिगमा पछिल्ला १२ खेलमा अपराजित रहेको छ। लालिगामा बार्सिलोना पछिल्लो पटक डिसेम्बर ४ मा रियल बेटिससँग पराजित भएको थियो। त्यसयता बार्सिलोनाले कुनै पनि खेलमा पराजय भोगेको छैन। जाभी हर्नान्देज प्रशिक्षकको रुपमा आएपछि खेलेका १५ लालिगा खेलमा बार्सिलोना मात्रै एक पटक हारेको छ। यसबीचमा बार्सिलोनाले १० जित निकालेको छ भने ४ खेलमा बराबरी खेलेको छ। जाभी आएपछि मात्रै बार्सिलोनाले लालिगामा ३३ गोल गरेको छ भने मात्रै ९ गोल बेहोरेको छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१६:४६

पीएसजीले लात हान्न प्रयास गरेको नेयमारलाई न्युकासलले काख दिने !