पीएसजीले लात हान्न प्रयास गरेको नेयमारलाई न्युकासलले काख दिने !

ब्राजिलियन फरवार्डलाई प्रिमियर लिग टोलीले अनुबन्ध गर्ने इच्छा जताएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमार न्युक्यासल युनाइटेडको प्रोजेक्टको अर्को र सबैभन्दा ठूलो हिस्सा हुन सक्ने देखिएको छ।

रियल म्याड्रिडसँग च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएपछि क्लबमा ठूलो फेर-बदल गर्न लागी परेको पीएसजी विश्व कै सबैभन्दा महँगा खेलाडीबाट छुटकारा पाउन चाहन्छ। क्लबमा मालिक मात्र नेयमारबाट वाक्क-दिक्क भएका हैनन्, गत हप्ता बोर्डो विरुद्ध गोल गरेपछि फ्यानहरूले ३० वर्षीय खेलाडीलाई बु.. गरेका थिए, जहाँ उनीहरूले लियोनल मेस्सीलाई पनि गाली गरेका थिए।

बार्सिलोनाका पूर्व खेलाडीलाई अनुबन्ध गर्न चाहने जो कोहीले पनि धेरै पैसा तिर्नु पर्ने हुन्छ, जुन पीएसजीले बार्सिलोनालाई तिरेको १९८ मिलियनको आसपास हुनेछ, जसको कारण धेरै क्लबले पूर्व सान्तोस स्टारलाई अनुबन्ध गर्न सक्ने छैनन्। स्पेनिस आउटलेट फिचाजेसका अनुसार न्युक्यासलले नेयमारलाई आफ्नो टोलीमा सामेल गर्न चासो राखेको छ र गर्मीमा सम्भावित कदम चाल्न सक्छ।

गत वर्ष साउदी अरेबिया पब्लिक इन्भेस्टमेन्ट फण्डद्वारा क्लबको अधिग्रहण पछि, एडी होवेको टोली नेयमार किन्न सक्ने केहि मध्ये एक हो। यसो गर्नु नयाँ मालिकहरूको पहिलो गर्मीमा अभिप्रायको ठूलो सङ्केत पनि हुनेछ। फिचाजेसका अनुसार अर्को सिजन नेयमारका लागि दुई अन्य स्थानहरू पनि छन्, यदि उसले वास्तवमा पीएसजी छाडे र न्युक्यासलले अनुबन्ध गरेन भने। आउटलेटले दावी गर्छ कि म्यानचेस्टर सिटी फरवार्डका लागि सम्भावित गन्तव्य हो।

गत सिजन ह्यारी केन अनुबन्ध गर्न असफल भएको प्रिमियर लिग च्याम्पियन ट्रान्सफर मार्केटमा स्ट्राइकरको खोजीमा हुनेछ। पेपको प्रमुख लक्ष्य एर्लिंग हालाण्ड भएपनि ब्राजिलियन सुपरस्टार पनि विकल्पमा रहेको बुझिएको छ। ब्राजिलियनले अर्को सिजन खेल्न सक्ने तेस्रो स्थान स्पोटिफाइ नोउ क्याम्पमा हो। तर बार्सिलोनाको आर्थिक स्थिति हेर्ने हो भने यो निकै कठिन देखिन्छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१६:४७

मेस्सी र रामोस सहितको एल क्लासिको अब कति सम्भव ?