मेस्सी र रामोस सहितको एल क्लासिको अब कति सम्भव ?

एजेन्सी – लामो समयपछि एल क्लासिको इस्टाडो सान्टियागो बर्नाबउमा फर्कंदै छ । तर यसपटक पछिल्लो डेढ दशकको भन्दा फरक दृश्य देखिने छ ।

यसपटक सर्जियो रामोस र लिओनल मेस्सी एल क्लासिकोमा हुने छैनन् । रियल म्याड्रिडबाट रामोस र बार्सिलोनाबाट मेस्सीले खेल्दा आ-आफ्नो टोलीबाट प्रभावशाली प्रदर्शन गर्थे । अहिले भने रामोस र मेस्सी दुवै पेरिस सेन्ट जर्मेन (पिएसजी) को टोलीका सहकर्मी छन् ।

मेस्सी र रामोस दुवैले नचाहँदा नचाहँदै क्लब छाड्न परेको थियो । दुवैले क्लब छाड्दा निकै भावुक भएका थिए । रामोसले लामो सम्झौता चाहेका थिए भने मेस्सीले क्लबको कमजोर आर्थिक अवस्थाका कारण छाड्न परेको थियो । अब रामोस फेरि रियल फर्कने सम्भावना भने लगभग असम्भव छ । मेस्सी भने बार्सिलोना फर्कन सक्ने सम्भावना यथावत रहेको विश्वास गरिन्छ ।

पछिल्लो ८ महिना भने मेस्सी र रामोस दुवैले उच्च प्रदर्शन गर्न सकिरहेका छैनन् । चोटका कारण रामोस लामो समय मैदान बाहिर नै रहे । रामोसले भन्दा मेस्सीले बढी खेल खेलेपछि प्रदर्शन भने सोचे जस्तो गर्न सकिरहेका छैनन् ।

रामोस एक वर्षभन्दा लामो समयदेखि चोटका कारण संघर्ष गरिरहेका छन् । बीचमा ५ खेल लगातार खेल्दा भने उनी पुरानै फर्ममा रहेको संकेत गरेका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलविरुद्ध उनले खेल्ने अपेक्षा गरिएपनि अन्ततः उनी खेलेनन् ।

फ्रान्सको माहोलमा मेस्सी पनि अझे घुलमिल हुन सकेका छैनन् । बार्सिलोनामा प्रदर्शन गरे जस्तो मेस्सीले पिएसजीमा खेल्न सकेका छैनन् ।

फर्कन असम्भव

कतिपयले रामोस र मेस्सी आफ्ना पुरानै क्लबमा फर्कने चर्चा पनि गर्ने गरेका छन् । स्पेनका दुई मुख्य शहर देखि भौगोलिक रुपमा फ्रान्सको राजधानीसँग नजिक छ । तर उनीहरु फर्कने विषय भने निकै टाढा रहेको बताइएको छ ।

पिएसजीले आफ्नो दुई स्टारलाई फर्काउन पनि चाहदैन । पिएसजीले यी दुई खेलाडीलाई महत्वका साथ सार्वजनिक गरेको थियो । अझै पनि क्लबले उनीहरु दुवैलाई राख्न चाहन्छ । रामोस र मेस्सी नहुँदा विगतमा जस्तो एल क्लासिको भने रहने छैन ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१९:२८

मेस्सी नहुँदा मोनाकोले पिएसजीलाई धुलो चटायो !