मेस्सी नहुँदा मोनाकोले पिएसजीलाई धुलो चटायो !

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले लज्जास्पद हार बेहोरेको छ। आइतबार भएको खेलमा पिएसजी मोनाकोसँग ३-० को गोल अन्तरले पराजित भएको हो।

लियोनेल मेस्सी अनुपस्थित रहेको खेलमा तीन गोल बेहोर्दा पिएसजीले एक गोल पनि फर्काउन सकेन। मोनाकोका लागि विसाम बेन येडरले दुई गोल गर्दा केभिन भोल्यान्डले एक गोल गरे।

मोनाकोले २५ औं मिनेटमा येडरको गोलमा अग्रता बनाएको थियो । खेलको ६८ औं मिनेटमा भोल्यान्डले मोनाकोको अग्रता दोब्बर पारे । मोनाकोले खेलको ८४ औं मिनेटमा पेनाल्टीको मौका पायो। त्यसबेला पनि बेन येडरले नै गोल गरे।

पिएसजीले खेलभर बलमा ६१ प्रतिशत नियन्त्रण राखेको थियो। पिएसजीको तर्फबाट केहि राम्रा प्रहार पनि भए। खेलभर पिएसजीको तर्फबाट कुल १३ प्रहार भएका थिए। जस मध्ये ६ प्रहार टार्गेटमा थिए। तर एक प्रहारले पनि पोस्ट भने चुम्न सकेन। त्यस्तै मोनाकोले पनि खेलभर कुल १३ प्रहार गरेको थियो। ती मध्ये ८ प्रहार टार्गेटमा थिए।

मोनाकोसँगको हारसँगै पिएसजीले शिर्ष स्थानमा १८ अंकको अग्रता बनाउने मौका गुमाएको छ। सिजनका २९ खेल खेल्दा पिएसजीले ६५ अंक बनाएको छ। त्यस्तै पिएसजीलाई हराएपनि मोनाको सातौं स्थानमा उक्लिएको छ। मोनाकोको ४४ अंक छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१९:५४

रियलको घरेलु मैदानमा बार्सिलोनाको ताण्डव !