लुकाकु चेल्सीबाट आउट ?

एजेन्सी – चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले आउने समर ट्रान्सफर विन्डोमा क्लब छाड्ने सक्ने सम्भावना देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार चेल्सीमा खासै सन्तुष्ट हुन नसकिरहेका लुकाकुले आउने ट्रान्सफर विन्डोमा चेल्सी छाड्न सक्ने सम्भावना बढेको हो।

चेल्सीले लुकाकुलाई गत वर्ष मात्रै इन्टर मिलानबाट किनेर ल्याएको थियो। लुकाकुलाई चेल्सीको ९७ मिलियन पाउण्ड खर्च भएको थियो। तर एक वर्षमै लुकाकुले चेल्सी छाड्न सक्ने विभिन्न खेल मिडियाहरु बताउँछन्।

बताइएअनुसार, लुकाकु चेल्सीमा सन्तुष्ट छैनन्। उनी प्रशिक्षक थोमस टुचेलको पहिलो रोजाईमा नियमित पर्न सकिरहेका छैनन्। प्रिमियर लिगका १९ खेल खेल्दा लुकाकु १२ पटक मात्र शुरुवाती ११ मा परेका छन्।

लुकाकुलाई टुचेलको शैली खासै मन परिरहेको छैन। सार्वजनिक रुपमै उनले त्यसबारे बोलिसकेका छन्। गत डिसेम्बरमा लुकाकुले टुचेलको व्यवस्थापन क्षमता बारे प्रश्न उठाएका थिए। एक अन्तर्वार्ताका क्रममै टुचेल माथि प्रश्न उठाएपछि उनले माफी माग्न परेको थियो। सो घटन पश्चात लुकाकु चेल्सी छाड्ने योजनामा रहेको अनुमान गर्न थालिएको छ।

चेल्सी जानु अगाडी लुकाकुले इन्टर मिलानमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनकै कारण इन्टर इटालियन घरेलु लिग सिरी ‘ए’ च्याम्पियन बनेको थियो।

प्रकाशित : सोमबार, चैत ०७, २०७८०९:३४

औवामियाङको मन पर्ने प्रतिद्वन्दी रहेछ रियल, अहिले सम्म गरिसके यति गोल ! कति ?